महाकाली नदीबाट राती अबैध रुपमा भारतबाट नेपाल भित्र्याउदै गरेको सामान बरामद

0
1473

दार्चुला, असोज २५ गते ।
भारतको धार्चुलाबाट नेपाल तर्फ महाकाली नदीमा तारेर ल्याउन लागिएको सामान भारतीय एसएसबीले बरामद गरेको छ । यस घटनाले महाकाली नदीमाथि अबैध रुपमा भारतबाट सामान ओसारपसार हुने गरेको खुलाशा भएको छ ।
शुक्रबार राती भारतीय सशस्त्र सीमा बल (एसएसबी) को टोलीले नेपाल तार्दै गरेको अवस्थामा सामग्रीहरु बरामद गरेको हो । महाकाली नदीमाथि तार लगाएर भारतबाट सामग्रीहरु तार्दै गरेको अवस्थामा सुराकीका आधारमा एसएसबीले शुक्रबार राती ११ बजेतिर करिब ५० हजार भन्दा बढीको सामग्रीहरु बरामद गरेको भारतीय पत्रिका दैनिक जागरणले जनाएको छ ।
धारचुला भन्दा करिब ३ किलोमिटरको दुरीमा रहेको खोतिला गाउँ नजिकैको क्षेत्रमा महाकाली नदीमाथि तार लगाएर सामग्री ओसार पसार गरिरहेको सूचनाका आधारमा एसएसबीको टोलीले सामग्री बरामद गरेको छ । सामग्री तार्ने व्यक्तिहरु भने फरार भएका छन् ।
एसएसबी निरीक्षक सुदर्शन सिंहको नेतृत्वको एसएसबी टोलीले खाद्य सामगग्री, दैनिक उपभोग्य सामग्रीहरु रहेको उक्त पत्रिकाले उल्लेख गरेको छ । बरामद गरिएका सामग्रीको मूल्य करिब ३४ हजार ८ सय ५२ भारतीय रुपैयाँ बराबर अनुमान गरिएको छ । बरामद गरिएका सामग्री भारतीय कस्टमको जिम्मा लगाएको छ । साथै एसएसबी निरीक्षक सुदर्शन सिंहले तस्करीमा पूर्ण अकुंश लगाउने कार्यमा तत्पर रहेको प्रतिक्रिया दिएका छन् ।
सीमा नाका बन्द रहेका बेला पनि विभिन्न स्थानबाट महाकाली नदीमाथि अबैध रुपमा सामग्री ओसार पसार हुने गरेको आंशका गरिएको छ । भारतसंगका सीमानाकाहरु लामो सयम देखि बन्द भएपनि नेपाली बजार खलंगामा भारतीय विभिन्न सामानहरु पाइने गरेको छ । महाकाली नदीमाथि सामग्रीहरु मात्रै नभई मानिसहरु पनि आवत् जावत् गर्ने गरेको स्रोतले जनाएको छ ।