प्रदेशको सबै भन्दा बढी अनुदान शैल्यशिखर र सबैभन्दा कम अपिहिमालमा  

730

दार्चुला, असार ६ गते । 


आर्थिक वर्ष २०७९/८० का लागि सुदूरपश्चिम प्रदेश सरकारबाट हस्तान्तरण हुने विभिन्न किसिमका अनुदानहरु प्राप्त भएका छन् । दार्चुलामा प्रदेश अन्तर सरकारी हस्तान्तरणबाट स्थानीय तहमा जाने अनुदान मध्ये सबै भन्दा बढी अनुदान शैल्यशिखर नगरपालिकाले पाएको छ । 

नेपालको कानुनी व्यवस्था अनुसार संघीय सरकार र प्रदेश सरकारबाट स्थानीय तहहरुले समानीकरण अनुदान, सर्शत अनुदान, विषेश अनुदान र समपूरक अनुदान गरि चार प्रकारको अनुदान पाउने गरेका छन् । प्रदेश सरकारले समानीकरण अनुदान, विषेश अनुदान र समपुरक अनुदानको बाँडफाँड गरेको छ भने सर्शत अनुदानको बाँडफाँड गर्न बाकि रहेको छ ।
प्रदेश सरकारबाट शैल्यशिखर नगरपालिकामा समानीकरण अनुदान १ करोड ५ लाख ७२ हजार, विषेश अनुदान २५ लाख, समपूरक अनुदान ८० लाख गरि जम्मा अनुदान २ करोड १० लाख ७२ हजार प्राप्त भएको छ ।
त्यसैगरि महाकाली नगरपालिकामा समानीकरण अनुदान १ करोड ८ लाख ४६ हजार, विषेश अनुदान २५ लाख र समपुरक अनुदान ७४ लाख गरि जम्मा २ करोड ७ लाख ४६ हजार अनुदान प्राप्त भएको छ भने मालिकार्जुन गाउँपालिकामा समानीकरण अनुदान ८६ लाख ५२ हजार, विषेश अनुदान ६५ लाख र समपूरक अनुदान ४५ लाख गरि जम्मा १ करोड ९६ लाख ५२ हजार अनुदान प्राप्त भएको छ ।
त्यसैगरि व्याँस गाउँपालिकामा समानिकरण अनुदान ६७ लाख १४ हजार, विषेश अनुदान २५ लाख र  समपूरक अनुदान १ करोड ८७ हजार गरि जम्मा १ करोड ९३ लाख १० हजार अनुदान प्राप्त भएको छ भने दुँहु गाउँपालिकामा समानीकरण अनुदान ६८ लाख २७ हजार,  विषेश अनुदान २५ लाख र  समपुरक अनुदान ९० लाख गरि जम्मा १ करोड ८३ लाख २७ हजार बजेट प्राप्त भएको छ ।
नौगाड गाउँपालिकामा समानीकरण अनुदान ८२ लाख २० हजार, विषेश अनुदान २५ लाख र समपूरक अनुदान ४० लाख गरि जम्मा १ करोड ४७ लाख २ हजार अनुदान प्राप्त भएको छ ।
मार्मा गाउँपालिकामा समानीकरण अनुदान ८२ लाख ४८ हजार,  विषेश अनुदान ३८ लाख ६० हजार र समपूरक अनुदान २५ लाख गरि जम्मा १ करोड ४६ लाख ८ हजार अनुदान प्राप्त भएको छ ।
लेकम गाउँपालिकामा समानीकरण अनुदान ८२ लाख ९५ हजार,  विषेश अनुदान २० लाख र  समपूरक अनुदान ३२ लाख गरि जम्मा १ करोड ३४ लाख ९५ हजार अनुदान प्राप्त भएको छ ।
अपिहिमाल गाउँपालिकामा समानीकरण अनुदान ५३ लाख ३० हजार, विषेश अनुदान २५ लाख र  समपूरक अनुदान १४ लाख गरि जम्मा ९२ लाख ४० हजार अनुदान प्राप्त भएको छ । 

 

तपाईको प्रतिक्रिया दिनुहोस् !