भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट दार्चुलामा २७ योजना, कुनमा कति बजेट हेर्नुहोस् 

682

दार्चुला, असार ५ गते । 


आर्थिक वर्ष २०७९/८० का लागि दार्चुलामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट २७ योजना कार्यान्वयन हुने भएका छन् । मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक विकास कार्यक्रमअन्र्तगत दार्चुला जिल्लाभरि सडक पूर्वाधार निर्माण, पुलपुलैसा निर्माण तथा मर्मतका २७ वटा योजनामा बजेट विनियोजन गरिएको छ ।

रणनैतिक सडक, पुल निर्माण तथा पुलेसा संरक्षण कार्यक्रम अन्र्तगत लास्कुघाट पुल निर्माणमा ७६ लाख र श्रीवड निजाङ पुल निर्माणमा २० लाख बजेट विनियोजन गरिएको छ । त्यसैगरी गत भाद्र महिनामा आएको बाढीले बगाएको दुँहुव्याँस गाउँपालिका जोड्ने छोटो मार्गको रुपमा रहेको कालागाड पुल निर्माणका लागि समेत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट विनियोजन गरेको छ । दुँहु गाउँपालिका वडा नम्बर २ र व्याँस गाउँपालिका वडा नं ६ जोड्ने यस पुल निर्माणका लागि २३ लाख बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी दार्चुलामा पुल पुलेसा निर्माण तथा मर्मत सम्भारका लागि ५० लाख, दुँहु गाउँपालिकाको वडा नम्बर १ र २ जोड्ने कुकुरेगाडमा पुल निर्माणका लागि २३ लाख र दार्चुला सदरमुकामलाई राष्ट्रिय राजमार्गमा जोड्ने धौलिगाड खोलामा पुल निर्माणका लागि ५० लाख बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी महाकाली लोकमार्ग अन्र्तगत घट्टेखोला पुल निर्माणमा १५ लाख, कचालिगाड खोला पुल निर्माणमा ३० लाख, खुनकादा खोला पुल निर्माणमा १५ लाख, काकडीगाड पुल निर्माणमा ७६ लाख, खोलेगाड खोला पुल निर्माणमा ३० लाख र मेलकोट खोला पुल निर्माणमा ३० लाख बजेट विनियोजन गरिएको छ ।
त्यसैगरि राष्ट्रिय राजमार्गको रुपमा रहेको गोकुलेश्वर–दार्चुला सडक खण्ड मर्मत तथा पुर्नस्थापनाको लागि ५० करोड बजेट विनियोजन गरिएको छ । नेपाल सरकारको बैक्लपिक सहायक राजमार्ग विकास कार्यक्रम अन्र्तगत ऐरीछाना–रिठाचौपाता–रातामाटा–कुणी–सर्माेली–धनमली सडक निर्माणमा  ५० लाख,  गोकुलेश्वर–रिठाचौपाता सडक कालोपत्रे एवं स्तरोन्नतीमा ५० लाख,  श्रीबगड– कालागाड –बानानी–स्याकू–धौलाकोट–मडगाउँ सुन्सेरा सडक आयोजनामा  ५० लाख बजेट विनियोजन गरिएको छ ।
त्यसैगरि गोकुलेश्वर–देथला–खार खलंगा सडकमा ५० लाख, ऐरीछाना–रिठाचौपाता–सर्माेली–रातामाटा– कुणी–धनथला सडकमा १ करोड र मकरीगाड–खण्डेश्वरी सडक अपिहिमाल गाउँपालिकामा १ करोड बजेट विनियोजन गरिएको छ ।
निर्वाचन रणनैतिक सडक सडक अन्र्तगत दार्चुलामा एउटा सडकमा मात्र बजेट दिइएको छ । जसअन्र्तगत खलंंगा–खार–विटुले–पारिबगड–खण्डेश्वरी सडकको काटै होपरीगाड खण्डको १० किलोमिटर र विटुले पारिबगड खण्डको १० किलोमिटर सडकमा ८० करोड बजेट विनियोजन गरिएको छ ।
त्यसैगरि संघ सरकारले पुर्वाधार विकास कार्यक्रम अन्र्तगत रहेका दार्चुलाका पाँचवटा सडकलाई प्रदेश सरकारमा हस्तान्तरण गरेको छ । प्रदेश सरकारमा हस्तान्तरण भएको विटुले पारिबगड सडक खण्डमा २३ लाख, भौतला–उकु–शेरा सडकमा ८० लाख, हुति घोरेटो–पिपलचौरी विनायक सडकमा २१ लाख ५४ हजार,  गोकुलेश्वर धाम क्षेत्र सडक २३ लाख ६८ हजार र उकु लालि सेरा सडकमा २१ लाख ५४ हजार बजेट विनियोजन गरिएको छ । कञ्चनपुरको व्रह्मदेब देखि दार्चुलाको तिंकर सम्म निर्माण हुने महाकाली करिडोर सडक आयोजनामा ५१ करोड बजेट विनियोजन गरिएको छ । उक्त बजेट ब्रह्मदेब–झुलाघाट–दार्चुला तिंकर सडक आयोजनामा कार्यान्वयन हुनेछ । 

तपाईको प्रतिक्रिया दिनुहोस् !