पुर्वमन्त्री ठगुन्ना र पालिका अध्यक्ष बडालले गरे सयुक्त रुपमा अनाथालयको उद्धघाटन

0
159

दार्चुला,भाद्र १५ गते ।
दुहुँ गाउँपालिका भित्र रहेका टुहुरा बालबालिकाका लागि आवासीय अनाथालयको उद्धघाटन गरिएको छ । टूहुरा बालबालिका, सहारा गाउँपालिका भन्ने उद्देश्यका साथ अनाथालयको शुक्रबार पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिह ठगुन्ना र गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह बडालले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
दुहुँ गाउँपालिका वडा नम्बर– ५ को धारीपाटा माध्यमिक विद्यालय धारीमा पालिका अध्यक्ष नरेन्द्र सिह बडालको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन कार्यक्रममा पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री एवंम् नेकपा एमालेका पोलिटव्युरो सदस्य गणेश सिह ठगुन्ना प्रमुख अतिथि रहेका थिए ।
दुहुँ गाउँपालिका वडा नम्बर– ४ मा सञ्चालन भएको आवासीय अनाथालयमा पालिकाभित्रका १२ जना अनाथ बालबालिका पढ्ने भएका छन् । ४ कोठाको आवासीय अनाथालयमा बिद्यार्थीलाई खान, बस्न र पठनपाठनको व्यवस्था गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि ठगुन्नाले स्थानीय सरकारले जनमैत्री कार्यक्रमहरु ल्याई स्थानीयहरुको समुन्नतिमा टेवा र्पुयाउनु पर्ने बताएका छन् ।
दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्र सिह बडालले गाउँपालिका भित्र रहेका अनाथ बालबालिकाको अभिभावक स्थानीय सरकार भएको भन्दै अब पालिकाभित्र कुनैपनि बालबालिकाले टुहुरा भएको अनुभूति नगर्ने बताएका छन् । कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, शिक्षाप्रेमी,समाजसेवी, शिक्षक, कर्मचारी एवम् अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
यस्तै पालिकाले सञ्चालन गरेको शैक्षिकसत्र २०७९ को परीक्षामा पालिका भरीमा प्रथम , द्वितीय र तृतीय स्थान ल्याउने कक्षा ४ १० सम्मका विद्यार्थीहरुलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको शिक्षा शाखा प्रमुख लोकेन्द्र बहादुर बमले जानकारी दिनु भयो । अनाथालय व्यवस्थापनको जिम्मेवारी मावि धारीलाई दिइएको छ भने अनाथालयमा भान्से तथा वार्डेन राखिएको छ ।