गौरा पर्वको अवसरमा मालिकार्जुनमा देउडा प्रतियोगिता हुने

0
402

दार्चुला,भाद्र १६ गते ।
दार्चुलाको मालिकार्जुनमा गौरा पर्वको अवसरमा महिला पुरुष खुल्ला देउडा प्रतियोगिता हुने भएको छ । मालिकार्जुन गाउँपालिकाको आर्थिक सहयोग तथा वडा नम्वर ३ मड प्रमनगरको आयोजनामा संस्कृति संरक्षण तथा सम्बर्धन गर्ने उद्देश्यले गौरा तथा खेडी पर्वको अवसरमा खुल्ला देउडा प्रतियोगिता हुन लागेको हो ।
मालिकार्जुन गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष मदन सिंह धामीले देउडा खेलको संरक्षणका लागि गौराको अवसरमा प्रतियोगिता राखिएको बताएका छन् । उनका अनुसार भाद्र २१ गते राष्ट्रिय धाम मालिकार्जुन मन्दिर क्षेत्रमा प्रतियोगिता हुनेछ । भाद्र २१ गते विहान ७ बजे देखी विहान ११ बजे सम्म नाम दर्ताका लागि आब्हान गरिएको छ । नाम दर्ताको लागि पाँच सय रुपयाँ लाग्ने आयोजक वडा कार्यालयले जनाएको छ ।
यस्तै भाद्र २२ गते खेडी पर्वको अवसरमा लटिनाथ कैलपाल मन्दिर चौडमा महिला पुरुष खुल्ला देउडा प्रतियोगिता संचालन हुने वडा सदस्य पदम सिंह धामीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम पुरुस्कार पाँच हजार, द्वितिय पुरुस्कार तीन हजार,तृतिय पुरुस्कार दुई हजार र सान्ताना पुरुस्कार एक हजार रहेको आयोजकले जनाएको छ ।