पुर्वमन्त्री ठगुन्ना नौगाड बाढि पहिरो प्रभावित क्षेत्रमा पुगे

0
292

दार्चुला, भदौ २९ गते ।
नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं पुर्व संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिह ठगुन्नाको टोलीले बाढि पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नु भएको छ । गत भाद्र २४ गते रातिको वर्षाका कारण आएको बाढि र पहिरोमा परी नौगाड गाउँपालिका वडा नम्बर १ को सल्ला र वडा नम्वर २ को सुन्डमुन्डमा ७ घर परिवार विस्थापित भएपछि उनीहरुलाई राहत प्रदान गर्न सासंद ठगुन्ना आफैं बुधबार प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा पुग्नु भएको हो । नौगाड गाउँपालिका वडानम्बर ६ धुलिगडा,वडानम्बर ५ को सौकेबगर र शैल्यशिखर नगरपालिका वडानम्बर २ को कुकुडेपानी क्षेत्रमा अनुगमन गरेको अनुगमन गरेको नेकपा एमाले जिल्ला कमिटि सचिव शेरसिह धामीले जानकारी दिनुभयो । वाढिपहिरोले क्षति पुगाएको देथला, खार, खलंगा सडक र धुलिगाडा सडक र नौगाड गाउँपालिका वडानम्बर ५ मा रहेको समैजी आधारभुत विद्यालय सौकेबगड क्षेत्रको समेत अनुगमन गरेको नेकपा एमाले जिल्ला कमिटि सचिव धामीले जानकारी दिनुभयो । अनुगमनमा नेकपा एमाले जिल्ला कमिटिका निवर्तमान अध्यक्ष रामदत्त जोशी, जिल्ला कमिटि सचिव शेरसिह धामी, नेकपा एमालेका सुदुरपश्चिम प्रदेश कमिटि सदस्य कृष्णसिह धामी(हिमाल) र नेता उमेशसिह खत्री लगायत नेता कार्यकर्ताहरुको सहभगिता रहेको थियो । भाद्र २६ गते बेलुकी गृहजिल्ला पुग्नु भएका नेकपा एमालेका सुदुरपश्चिम प्रदेश सहइन्चार्ज समेत रहनु भएका ठगुन्नाले भाद्र २७ गते नेकपा एमाले जिल्ला कमिटिले संचालन गरेको श्रम शिविरमा सहभागी हुनुका साथै महाकालीका बाढिपिडीत संग भेटघाट गरेका थिए । बाढी र पहिरोमा परि १० जना बेपत्ता छन् । घटना भएको ६ दिन बित्दा पनि बेपत्ता भएकाहरु फेला परेका छैनन् ।