७० औँ जन्मजयन्तीको अवसरमा नि:शुल्क अतिथि गृह संचालनमा

0
260

दार्चुला, भदौ २९ गते ।
स्व.राष्ट्रवादी नेता प्रेमसिह धामीको आज ७० औँ जन्मजयन्तीको अवसरमा निशुल्क अतिथि गृह संचालनमा ल्याएको छ । वि.स २००९ साल भाद्र २९ गते जन्मनु भएका स्व.राष्ट्रवादी नेता धामीको ७० औ जन्मजयन्तीको अवसर पारेर महाकाली नगरपालिका वडानम्बर ५ मा रहेको प्रेमसिह धामी स्मृति प्रतिष्ठानको भवनमा निशुल्क अतिथि गृह संचालन ल्याएको हो । अतिथि गृहमा प्रेमसिह धामी स्मृति प्रतिष्ठानका आजिवन सदस्य,शुभचिन्तक र जुनसुकै नागरिकले पनि निशुल्क आवास सुविधा पाउने प्रेमसि‌ह धामी स्मृति प्रतिष्ठान दार्चुला अध्यक्ष किसनसि‌ह धामीले बताउनु भयो । दैनिक १० जनासम्म आवासको सुविधा दिन सक्ने गरि सेवा संचालनमा ल्याएको प्रतिष्ठानका अध्यक्ष धामीले बताउनु भयो । सनातन संस्कृती अनुसार आफै खाना पकाएर खाने ९अर्थात स्थानिय भाषामा चुला खाने० व्यक्तिहरुको लागि प्रतिष्ठान भवनमै निशुल्क भोजनको समेत व्यवस्था गरिएको उहाँले बताउनुभयो । प्रेमसिह धामी स्मृति प्रतिष्ठानले काम विशेषले जिल्ला सदरमुकाम आउने जुनसुकै नागरिकका लागि निशुल्क आवासको सुविधा उपलब्ध गराउने जनाएको छ । प्रतिष्ठानका अध्यक्ष किसनसिह धामीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ती मार्फत निशुल्क आवास संचालनमा ल्याएको जानकारी समेत गराएको छ । प्रेमसिह धामी स्मृति प्रतिष्ठानले भाद्र २७ गते स्मृति दिवसको अवसरमा जिल्ला सदरमुकाममा रहेको धामीको शालिकमा माल्यार्पण गरी मनाएको थियो । स्वर्गीय नेता धामीको २०५४ भाद्र २७ गते का दिन गाडी दुर्घटनामा परि नुवाकोट जिल्लाको साविकको मदनपुर गाविस ३ क्युरिनी भिरमा असामहिक निधन भएको थियो । २००९ साल भाद्र २९ गते जन्मिएर जागिरे जीवन हुदै बहुदल स्थापना भए पछि खुला राजनीतिमा हुमिएका देशभक्त नेता स्वर्गीय नेता धामीको २०५४ भाद्र २७ गते गाडि दुर्घटना परि असमायिक निधन भएपछि उक्त दिनलाई सम्झेर स्मृति दिवस मनाइदै आएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिका वाडा नम्बर ०३ साविकको गाविस वडा नम्बर ०८ प्रेमनगर भौतडि घट्ट गाउँमा जन्मिएका धामीको नेपालको राष्ट्रियता, जिल्लाको विकास र दार्चुलाको राजनीतिक पहुँच केन्द्रसम्म बिस्तार गर्नुमा ठुलो योगदान रहेको छ । पञ्चायत कालसम्म जागिर गरेर बहुदलको स्थापना संगै राजनितिक मैदानमा होमीएका धामीले २०४९ सालमा तत्कालीन नेकपा मालेको केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्यमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नुभयो । २०४९ सालदेखि पार्टीको महाकाली ईन्चार्ज र तत्कालीन मालेको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी पाउनुभएको थियो । धामीले २०५१ सालको सम्पन्न प्रतिनिधिसभाको मध्यावधिक चुनावमा बिजय हुदै संसदमा प्रतिनिधित्व गर्नुभयो । साथै २०५१ सालमा पहिलो पटक मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको ०९ महिने कम्युनिष्ट सरकारमा आवास तथा भौतिक योजना राज्य मन्त्रीसमेत बन्नुभयो । १५ ससदस्यीय मन्त्री मण्डलमा राज्यमन्त्रीको भुमिका समेत सफलताका साथ निर्वाह गर्नुभएका धामीले विकाससंगै राष्ट्रियताको रक्षाका खातिर पटक पटक आवाज उठाएर राष्ट्रिय राजनीतिमा चर्चा कमाउनुभयो । सरकार बिघटन भयको केही समयपछि नेपालमा नेकपा माओवादीले सशस्त्र संघर्ष सुरू गर्यो । धामीले २०५३ सालमा माओवादी समस्या समाधान कार्यदलको संयोजक भएर समेत काम गर्नुभएको थियो । राष्ट्रियताको लागि बलिदान दिनुपरे पनि पछि नपर्ने स्वभावका स्वाभिमानी विचारधारा बोक्ने धामीको २०५४ साल भाद्भा २७ गते आजकै दिन गाडी दुर्घटनामा परि नुवाकोट जिल्लामा असमाहिक निधन भएको थियो । उहाँको योगदान र सपनाको सम्झनामा प्रतेक वर्ष स्मृति दिवस मनाउने गरिएको छ ।