बाढी पहिरो पीडितसंग पूर्व मन्त्रीको भेटघाट

443

दार्चुला, भदौ २७ गते ।
भाद्र २४ गते राती आएको बाढी पहिरोका कारण प्रभावित परिवारलाई प्रतिनिधि सभा सदस्य एवम् पुर्व संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नाले सोमबार भेटघाट गरेका छन् । बाढी पहिरोका कारण प्रभावित महाकाली नगरपालिका वडा नम्बर १, २, ३ र ४ का स्थानियहरु संग भेटघाट गरि उनीहरुको गुनासा सुनिएको सासंद ठगुन्नाका स्वकिय सचिव दौलतसिंह ठगुन्नाले जानकारी दिनुभयो । सासंद ठगुन्नाले बंगाबगड,लास्कु, डुङ्गरी र बडाली गाँउ क्षेत्रमा पुर्‍याएको क्षेत्रको अनुगनमन तथा निरीक्षण समेत गरेका छन् । एमाले दार्चुलाले बाढीपहिरो पीडितका लागि राहत संकलन तथा वितरण गर्नका लागि अभियान थालेको छ । जिल्ला कमिटी उपाध्यक्ष चरनसिंह बुढाथोकीको संयोजकत्वमा समिति बनाएर काम थालेको एमाले जिल्ला कमिटी अध्यक्ष प्रेम सिंह धामीले बताउनुभयो । सासंद ठगुन्ना आइतबार बेलुकी स्थलमार्ग हुदै काठमाण्डौँबाट दार्चुला आइपुगेका थिए । यस्तै नेपाली सेनाको हेलिकोप्टर मार्फत शनिबार दार्चुला पुगेका नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू,सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामी लगायतको टोली बाढी प्रभावित क्षेत्रमा पुगी फर्किएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !