पर्यटन वन तथा वातावरण मन्त्री धामी दार्चुलाबाट फर्किए

0
277

दार्चुला,भाद्र २ गते ।
सुदुरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश सिह धामी शनिबार गृह जिल्ला दार्चुलाबाट फर्किएका छन् । विहिबार बेलुकी जिल्लाको मालिकार्जुन गाउँपालिका वडा ३ मालिकार्जुन पुगेका मन्त्री धामी शुक्रबार पुजापाठ संगै शनिबार जिल्ला सदरमुकाम क्षेत्रका विभिन्न ठाउँको अवलोकन भम्रणपछि फर्किएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनु भयो । शुक्रबार हिजो दिनभर मालिकार्जुन क्षेत्रमा रहेका प्रमुख धार्मिक स्थलहरुमा पुगेर पुजापाठ गरेका मन्त्री धामीले शनिबार आज महाकाली नगरपालिका वडा नम्वर ७ मा रहेको मालिकार्जुन नमुना मावि धाप विद्यालय तथा मन्त्रालय अन्तरर्गत रहेका कार्यालयहरुको अनुगमन गरेका छन् ।
मन्त्री धामीको टोलीले गत भाद्र २४ गते आएको लास्कुखोला बाढीको अवलोकन तथा जिल्ला प्रशासन कार्यालयमा जिल्लाको बस्तुस्थिति,सुरक्षा निकायका प्रमुखहरु संग छलफल गरेका छन् । यस्तै दार्चुला बहुमुखी क्याम्पसमा भेटघाट निरीक्षण गरि मन्त्री धामीको टोली फर्किएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । मन्त्रीको टोली प्रमुख धार्मिक पर्यटकीय तिर्थस्थल शिखर मालिकार्जुन धाम सहित मालिकार्जुन मन्दिर, कैलपाल मन्दिर चौड, चाडि, भगवती मन्दिर मानौ लगायतका मन्दिरहरुमा पुजापाठ समेत गरेका छन । मन्त्री धामीले महाकाली नगरपालिका वडा ७ मा रहेको मालिकार्जुन नमुना मावि धाप विद्यालयमा भौतिक विकास लागि आफुले सक्दो सहयोग गर्ने बचन दिएका छन् । शनिबार विद्यालयमा भएको स्वागत कार्यक्रममा बोल्दै मन्त्री धामीले यस्तो बताएका हुन् । आफुले माध्यमिक तह एस एल सी सम्म अध्ययन गरेको विद्यालय मालिकार्जुन नमुना मा.वि .धाप भएकै कारणले समेत आफुले पढेको विद्यालयलाई शक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको विद्यालयका प्रधानाध्यापक सुन्दर सिंह बुढाथोकीले जानकारी दिनु भयो ।
स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री धामीले आफुले अध्ययन गरेको उक्त विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि तत्काल सक्दो सहयोग पुर्याउने बताएका थिए । मन्त्री धामीले उक्त विद्यालय बाट विःस २०५५ सालमा एस एल सी परिक्षा दिई उच्च शिक्षा अध्ययनका लागि सुदुरपश्चिमको कैलाली गएका थिए । पछि कैलालीबाट नै उनी माओवादी जनयुद्धमा सहभागी भई राजनीतिमा लागेका थिए । धामी गत मंसिर ४ गते सम्पन्न भएको प्रदेश सभा क्षेत्र न. ५ कैलालीबाट निर्वाचित सांसद हुन् । विद्यालयका कतिपय शिक्षकहरुले आफुले पढाएको विद्यार्थी मन्त्री भएर आफ्नै विद्यालयमा आएपछि खुशी लागेको समेत प्रतिक्रिया दिएका छन । मन्त्री धामी तीन दिनको गृह जिल्ला भ्रमण सकेपछि शनिबार धनगढी प्रस्थान गरेका छन् ।