व्यासँ गाउँपालिकामा तालाबन्दी कायमै,गाउँपालिकाद्धारा विज्ञप्ति जारी

0
395

दार्चुला,भाद्र २ गते ।
दार्चुलाको व्यासँ गाउँपालिकामा गएको आइतबार देखि तालाबन्दी कायमै रहेको छ । नेपाली काग्रेस व्यासँ गाउँकार्य समितिले विभिन्न मागहरु राख्दै गाउपालिका केन्द्र सुन्सेरामा गत आइतबार देखि तालाबन्दी यर्थावत राखेको जनाएको छ । तर व्याँस गाउँपालिका प्रवक्ता एवम वडा ३ वडा अध्यक्ष उपेन्द्र सिह धामीद्धारा जारी गरिएको प्रेस विज्ञप्ति मार्फत तालाबन्दी बारे कांग्रेसले हतार गरेको आरोप लगाएको छ ।
शनिबार आज प्रवक्ता धामीद्धारा जारी गरिएको विज्ञप्ती मार्फत कांग्रेसले गाउँपालिकाको जिम्मेवार जवाफदेहि व्यक्ति गाउँपालिका अध्यक्ष प्रमुख प्रशासकिय अधिकृत कार्यालय कामकाजको सिलसिलामा काठमाण्डौ गएका बेला नेपाली काग्रेस व्यासँ गाउँकार्यसमितिले ज्ञापन पत्र दिएको तथा पुर्वाग्रही ढंगले पालिकाका केही शाखाहरुमा तालाबन्दी गरेको घटनामा कांग्रेसले हतार र अपरिपक्क निर्णय गरेको आरोप लगाएको छ । यसले गर्दा स्वयम कांग्रेस पार्टीलाई नै घाटा भएको भन्दै प्रदेश सरकारबाट व्यासँ गाउँपालिकालाई दिने भनिएको व्यासँ विशेष कार्यक्रम कटौति गर्दा नेपाली कांग्रेस व्यासँ गाउँकार्यसमिति मौन बस्नुको कारण के हो भन्दै प्रश्न समेत गरेकोे छ । यस्तै विज्ञप्तिमार्फत प्रवक्ता धामीले यो कार्यक्रम किन र के कारणले कटौती गरिएको हो भन्दै यसको जवाफ समेत स्वयम कांग्रेस व्यासँ गाउँकार्यसमितिले दिनु पर्ने विज्ञप्तीमा भनिएको छ ।
काग्रेसले व्याँस गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, लेखा, शिक्षा शाखा, प्रशासन फाट लगायतमा तालाबन्दी गरेको छ । नेपाली काग्रेस व्याँस गाउँ कार्यसमितिले तिंकर सडक यथासिघ्र सञ्चालन गर्न पहल गर्नुपर्ने, डिपोमा भानु नुन उपलब्ध गराउनुपर्ने, रिपुधारमा रहेको नेपाल टेलिकमको टावर मर्मत गरि सञ्चालनमा ल्याउनुपर्ने, लम्पिस्किन पशुरोगबाट पीडित किसानलाई राहत उपलब्ध गराउनुपर्ने माग अघि राख्दै गत साउन २८ गते देखि गाउँपालिका कार्यालयका शाखाहरुमा तालाबन्दी कायमै राखेको छ । पालिका उपाध्यक्ष विनोद सिंह कुवर र प्रबक्ता धामीले पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बाहिर भएको मौकामा तालाबन्दी गर्नु औचित्यहिन भएको बताएका छन । उपाध्यक्ष कुवरले सामाजिक संन्जाल मार्फत भनेका छन भने प्रवक्ता धामीले प्रेस विज्ञप्ती मार्फत कांग्रेसको ध्यानाकर्षण गराएका छन । कांग्रेसले राख्नुभएका केही मागहरु राम्रा भएपनि राजनितिक दलभन्दा माथि उठेर छलफलका माध्यमबाट बार्ताका माध्यमबाट समस्याको समाधान गर्न सकिने उपाध्यक्ष कुवर सहित प्रवक्ता धामीले प्रेस विज्ञप्तीमार्फत आग्रह गरेका छन ।
यस्तै गाउँपालिका उपाध्यक्ष विनोद सिह कुवरले सस्तो खाद्य पसलको नाममा भुक्तानी भएको ३० लाख रुपैयाँ पालिकाको खातामा बुझाउन लिखित आग्रह गरेका छन् । उनले नेपाली काग्रेसतर्फ लक्षित गर्दै अघिल्लो सरकारको पालामा सस्तो खाद्य पसलको नाममा भुक्तानी भएको रकम गाउँपालिकामा खातामा बुझाउन आग्रह गरेका हुन् । नेपाली काग्रेसले विभिन्न माग राखि भइरहेको तालाबन्दीमा गाउँ कार्यपालिका कार्यालयमा छानीछानी ताला लगाउने कामप्रति उनले आपत्ति जनाएका छन् । यस्तै यता केही दिन पहिले नेपाली कांग्रेसले प्रेस विज्ञप्ती जारी गर्दै जनजीविका सँग जोडिएका विषयमा नेपाली काँग्रेस व्याँस गाउँपालिकाले पालिकासँग सूचना माग गरेकोमा त्यो प्राप्त हुन नसकेपछि गाउँपालिकामा तालाबन्दी गरेको तथा गैरजिम्मेवार बनी जबरजस्ती ताला तोडिएको र सामाजिक सन्जालमा भएका अश्लील शब्द र विभिन्न टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको थियो । तालाबन्दीका कारण गाउँपालिकाबाट हुने व्यक्तिगत घटना दर्ता, सिफारिस लगायत अन्य सम्पूर्ण सेवाहरू ठप्प भएका छन् ।