पत्रकार ध्रुब बिसीको उपचारका लागि पत्रकार महासंघ दार्चुलाद्धारा सहयोग

0
749

दार्चुला, साउन २७ गते ।

अछामका पत्रकार ध्रुव बिसीको उपचारका लागि नेपाल पत्रकार महासंघ दार्चुला शाखाले ५ हजार १ सय रुपैयाँ सहयोग गरेको छ । नेपाल पत्रकार महासंघ दार्चुला शाखाको साउन २५ गते बसेको बैठकको निर्णय बमोजिम पत्रकार बिसीको उपचारका लागि सहयोग गरिएको हो ।


उच्च रक्तचापका कारण दुबै मिर्गौला फेल भएर एक महिनादेखि काठमाडौको वीर अस्पतालमा उपचार गराई रहनु रहेका पत्रकार बिसीलाई दार्चुला शाखाबाट थोरै भएपनि सहयोग गरेको नेपाल पत्रकार महासंघ दार्चुला शाखाका अध्यक्ष शंकर सिंह धामीले बताउनुभयो ।
पत्रकार बिसी रेडियो सोसाइटी एफ एम अछामका कार्यकारी निर्देशक, नयाँ पत्रिका दैनिक र हिमालय टेलिभिजनका जिल्ला सम्वाददाताका रुपमा पत्रकारीकाताको क्षेत्रका कार्यरत छन् ।