नयाँ उपभोक्ता समिति गठन गरेपनि सेटिङमा पुरानै समितिको खाताबाट रकम भुक्तानी

869

दार्चुला, साउन २८ गते ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका वडानम्बर ४ ऐरिछानामा नयाँ समिति गठन गरेको भएतापनि पुरानै समितिको खातामा रकम भुक्तानी भएको खुलेको छ । मालिकार्जुन गाउँपालिका वडानम्बर ४ ऐरिछानामा हुनैनाथ बहुउद्येश्यीय खानेपानी समिति गठन गरेको भएता पनि खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय दार्चुला र उपभोक्ता समितिका अध्यक्ष कृष्णसिह धामीको मिलोमतोमा पुरानै समितिको खातामा रकम भुक्तानी गरि निकासा गरेको खुलेको छ ।
ऐरिछाना सोलार पम्पीङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष जयराज ओझाको निधन भएपछि हुनैनाथ बहुउद्येश्यीय खानेपानी नयाँ समिति गठन गरेको थियो । नयाँ समिति गठन गरि खानेपानी मर्मतका लागि योजना माग गरी खानेपानी टंकी निर्माण गरेको भएतापनि खानेपानी कार्यालय र नया समितिका अध्यक्ष कृष्णसिह धामीको मिलोमतोमा पुरानै समितिको खातामा रकम भुक्तानी गरेको हुनैनाथ बहुउद्येश्यीय खानेपानी समितिका कोषाध्यक्ष महेशसिह धामीले जानकारी दिएपछि यस्तो खुलेको हो । नयाँ समितिका खाता संचालन गर्ने निर्णय गरि वडा कार्यालयबाट सिफारिस समेत ल्याएको भएता पनि अन्तीममा पुरानै समितिको खाताबाट रकम भुक्तानी गरेर निकाशा गर्नुबाट भ्रष्टाचार भएको सिधै आकलन गर्न सकिने नया समितिका कोषाध्यक्ष धामीको आरोप रहेको छ । योजना माग लगायत हरेक निर्णय नयाँ समितिले गर्ने तर अध्यक्ष नै नभएको समितिबाट भुक्तानी गर्नु उपभोक्तालाई ढाँट्नु हो कोषाध्यक्ष महेशसिह धामीको भनाई छ । खानेपानी टंकी निर्माण गर्दा पनि बिना जानकारी एकलौटी ढंगले निर्माण गरेको र भुक्तानी लिदा पनि चोरबाटोबाट लिएको उनले आरोप लगाएका छन् । पुरानो समितिको खाता मात्रै रहेको तर समितिका पदाधिकारी नभएको बेला पुरानो खातामा रकम जम्मा गर्नुमा कार्यालयले कमजोरी गरेको समेत उहाँले आरोप लगाएका छन् ।
हुनैनाथ बहुउद्येश्यीय खानेपानी समितिका अध्यक्ष कृष्णसिह धामीले भने कोषाध्यक्षले खाता संचालन गर्न जाउ भन्दा नमानेपछि पुरानै समितिबाट भुक्तानी लिएको बताउनुभयो । खानेपानी तथा सरसफाइ सव डिभिजन फिल्ड कार्यालय दार्चुलाका प्रमुख एवं इन्जिनियर संजय कोइरालाले पुरानो समितिको खातामा पनि रकम जम्मा गर्न सकिने जनाएपछि पुरानै समितिबाट भुक्तानी लिएको बताउनुभयो । पुरानो समितिका कोषाध्यक्ष सविरसिह धामी को उपस्थिति र स्वर्गिय जयराज ओझाको मृत्यु दर्ताको प्रमाणपत्रको आधारमा बैंकबाट भुक्तानी लिएको अध्यक्ष धामीले बताउनुभयो ।
खानेपानी तथा सरसफाई डिभिजन फिल्ड कार्यालय दार्चुलाका प्रमुख संजय कोइरालाले भने बजेट फ्रिज हुने देखिएपछि पुरानै खातामा रकम भुक्तानी गरिदिएको बताउनुभयो । व्यवाहारिक हेरेर पुरानै खातामा रकम जम्मा गरिदिएको र नयाँ समितिको खाता संचालन पछि ट्रान्सफर गरी भुक्तानी लिन सक्ने खानेपानी तथा सरसफाई डिभिजन फिल्ड कार्यालय दार्चुलाका प्रमुख कोइरालाले बताउनुभयो । तर हिजो मात्रै पुरानै समितिको खाताबाट रकम झिकेको र खाता समेत बन्द गरेको हुनैनाथ बहुउद्येश्यीय खानेपानी समितिका अध्यक्ष कृष्णसिह धामीले बताएका छन् । ऐरिछानाका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डिभिजन नं. १ बैतडीले ५ लाख रुपैया मर्मत शिर्षकमा बजेट विनियोजन गरेको थियो । तर योजनामा न्युन कार्य हुदा २ लाख ८३ हजार रुपैया मात्रै भुक्तानी समितिका धामीले बताउनुभयो ।

योजनाको सार्वजनिक परिक्षण पनि भएन 

कुनै पनि योजना तथा कार्यक्रम सम्पन्न भएपछि योजना स्थल एवं कार्यक्रम स्थलमै सार्वजनिक परिक्षण गर्नुपर्ने नितिगत व्यवस्था रहेको छ । तर ऐरिछानाको खानेपानी योजनामा भने सार्वजनिक परिक्षण नै नगरि अन्तिम भुक्तानी भएको पाईएको छ ।
हुनैनाथ बहुउद्येश्यीय खानेपानी समितिका कोषाध्यक्ष महेशसिह धामीले भने योजनाको सार्वजनिक परिक्षण नगरेको बताउनुभयो । के कति बजेट कुन कुन शिर्षकमा खर्च भयो भन्ने जानकारी सम्र्पुण उपभोक्ता लाई जानकारी गराउनुपर्ने भएता पनि सार्वजनिक परिक्षण नगरीकनै भुक्तानी लिएको आरोप लगाएका छन् । उपभोक्ताहरुलाई योजनाको विषयमा जानकारी गराई आय व्यय सार्वजनिक गर्नुपर्ने भएता पनि कुनै कार्य नगरेको नाम नबताउने शर्तमा एक उपभोक्ताले गुनासो गरेका छन् । यसको त के कुरा गरौँ गाउँमा आउने कुनै पनि योजनाको सार्वजनिक परिक्षण हुदैन उहाँको भनाई छ । शिक्षाको ज्योति फैलाउने विद्यालय जस्तो संस्थामा आएका योजनाहरुको समेत सार्वजनिक परिक्षण हुदैन अरुको के कुरा गर्नु नाम नबताउने शर्तमा एक जनाले गुनासो गरेका छन् । हुनैनाथ बहुउद्येश्यीय खानेपानी समितिका अध्यक्ष कृष्णसिह धामीले पनि सार्वजनिक परिक्षण नभएको स्विकारेका छन् । समय अभावले सार्वजनिक परिक्षण हुन सकेन केहि दिनमै सार्वजनिक गर्छु उहाँले भन्नुभयो । अन्तिम किस्ता भुक्तानी लिनुभन्दा पुर्व सार्वजनिक परिक्षण नगरिकनै सम्बन्धीत कार्यालयले भुक्तानी गर्न नपाउने नितिगत व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !