नेपालले पुलघाटमा बनाइरहेको तटबन्धको काम रोक्न भारतले पत्राचार गरेको हो ?

0
829
भारतीय पक्षले महाकाली नदी किनारमा बनाइरहेको तटबन्ध ।

दार्चुला, फागुन २२ गते ।
दार्चुला सदरमुकाम खलंगाको महाकाली नदी किनारमा ५ किलोमिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण गरिएको छ । अझै केही क्षेत्रमा काम बाकि रहेकाले तटबन्ध निर्माणको काम भइरहेको छ ।

सदरमुकाम खलंगा र भारतको धार्चुला जोड्ने पुलघाट क्षेत्रमा हाल नेपालले तटबन्ध निर्माणको काम गरिरहेको छ । त्यसकै पारी पट्टी भारतले धार्चुलाको महाकाली नदी किनारमा पुरानो तटबन्ध भन्दा झण्डै १० देखि १२ मिटर अघि बढेर नदी किनारमै तटबन्ध बनाइरहेको छ ।
तर नेपालले आफ्नो क्षेत्रमा बनाइरहेको तटबन्ध निर्माण रोक्नका लागि भारतीय पक्ष लागिरहेको देखिएको छ ।
भारतको धार्चुलाका एसडिएम अनिल कुमार शुक्लाले भारतीय सञ्चार माध्ययम दैनिक जागरणलाई नेपालले पुलघाटमा बनाइरहेको तटबन्धको काम रोक्न नेपालको दार्चुला प्रशासनलाई पत्राचार गरेको बताएका छन् ।
नेपाली प्रशासनले भारतीय मिडियाको उक्त दाबी खारेज गरेको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भारतीय प्रशासनबाट त्यस्तो प्रकारको कुनै पत्र नआएको बताएका छन् ।