निर्वाचन आचार संहिता सम्बन्धि अन्तरक्रिया

0
785

दार्चुला, फागुन ६ गते ।
दार्चुलामा निर्वाचन आचार संहिता सम्बन्धि सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला निर्वाचन कार्यालय दार्चुलाको आयोजनामा विहिबार दार्चुला सदरमुकाम खलंगामा बैशाख १७ र २७ गते हुन लागेको प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरि सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।



नेपाल सरकारले निर्वाचनको मिति घोषणा गरिसकेका सन्दर्भमा निर्वाचन आउन करिब अढाई महिना बाँकी रहेका बेला उक्त विषयमा छलफल गरिएको हो । निर्वाचन धाँदलीरहित र स्वच्छ ढंगले निर्वाचन सम्पन्न गराउने उद्देश्यले निर्वाचन कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदिप धामीले धामीले बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका नेता खडक बडालले सरकारले तोकेको समयमै निर्वाचन सम्पन्न गर्ने भएकाले सबै दललाई आ–आफ्नो तयारीमा लाग्न अनुरोध गर्नुभयो । नेकपा प्रचण्ड–माधव पक्षका नेता गणेश राज जोशीले निर्वाचन तोकेको मितिमा हुन नसक्ने बताएपछि वडालले तोकिएको समयमै निर्वाचन हुने र निर्वाचनको तयारी नगरे पछुताउनुपर्ने ब्यङ्ग्य गरेका थिए । कार्यक्रममा बोल्दै नेपाली काङग्रेस दार्चुलाका जिल्ला सभापति ललित सिह बोहराले निर्वाचन सम्बन्धी आचारसंहिताहरु सरकारमा रहेको पार्टीबाट उलङ्घन हुने गरेको बताउनुभयो । साथै निर्वाचनका बेला निश्पक्ष कर्मचारीहरुलाई खटाइनुपर्ने उहाँको भनाई छ । कार्यक्रममा बोल्दै विवेकशिल साझाका जिल्ला संयोजक चक्र बहादुर बमंले चुनावका बेला भोज भतेर बढी हुनेभएकाले त्यसलाई पनि रोक्नुपर्ने बताउनुभयो । कार्यक्रममा निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदिप धामीले निर्वाचन सम्बन्धि आचार संहिता प्रस्तुत गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्की प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा कार्यालय प्रमुख एवं प्रतिनिधिहरु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु , राजनीतिक दल तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।