भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना

1016

दार्चुला, फागुन ८ गते ।
दार्चुलामा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना गरिएको छ । भुमि सम्बन्धी समस्या समाधान आयोग दार्चुलाका अध्यक्ष रामदत्त जोशीको अध्यक्षतामा उद्धघाटन गरिएको कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सांसद गेल्वुसिह वोहरा प्रमुख अतिथि रहेका थिए ।

जिल्ला समन्वय समितिको भवन परिसरमा कार्यालयको स्थापना गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति दार्चुलाका समन्वय अधिकारी मोहनसिह धामीले भुमि सम्बन्धी समस्या समाधान आयोग गठन गरिनु उद्येश्य वारे जानकारी गराएका थिए । उद्धघाटन कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेश सभा सांसद गेल्वुसिह वोहराले जिल्लामा रहेका वास्तविक भुमिविहिनहरुलाई भुमिको व्यवस्था गर्न आयोग गठन भएकोले निष्यक्ष ढंगले आफ्ना काम कार्वाही अगाडी बढाउन आयोगलाई सुझाव दिनु भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कृष्णसिह धामी,नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामी,लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशी,नौगाड गाउँपालिका उपाध्यक्ष गौरी ठगुन्ना र लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशीको उपस्थिति रहेको थियो । त्यस्तै प्रमुख जिल्ला अधिकारी सरद कुमार पोखरेल, शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्रबहादुर विष्ट,दार्चुला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख ,सुरक्षा निकायका प्रमुख एवं संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !