निःशुल्क आँखा उपचार सेवाबाट मालिकार्जुनमा १ सय २ लाभान्वित

0
351

दार्चुला,साउन २७ गते ।
दार्चुलाको मालिकार्जुन गाउँपालिकामा आँखा उपचार सेवा सञ्चालन गरेको छ । शनिबार मालिकार्जुन गाउँपालिकाको सहजीकरण तथा गेटा आँखा अस्पताल धनगढी कैलालीको सहयोगमा आँखा उपचार सेवा सञ्चालन गरिएको हो । मालिकार्जुन गाउँपालिकाले हरेक महिनाको अन्तिम शनिबार आँखा उपचार सेवा सञ्चालन गर्ने निर्णय गरे अनुसार गाउँपालिकामा आँखा उपचारको लागि सेवा सञ्चालन गरेको छ ।
आँखा उपचार सेवा केन्द्रको गाउँपालिका अध्यक्ष हिरासिह धामीले उद्घाटन गरेका छन् । पहिलो शनिबार आज ५३ जना पुरुष तथा ४९ जना महिला गरी जम्मा १ सय २ जनाले सेवा लिएको मालिकार्जुन गाउँपालिका स्वास्थ्य शाखा संयोजक राम सिह खत्रीले बताएका छन् । अब देखि मालिकार्जुन गाउँपालिकाले हरेक महिनाको अन्तिम शनिबार पालिकाको केन्द्र शंकरपुरमा आँखा उपचार सेवा सञ्चालन गर्ने जनाएको छ ।