धापको नमस्ते टावर सञ्चालनमा

4898

दार्चुला, भदौ ७ गते ।
नेपाल टेलिकमले महाकाली नगरपालिकाको वडा नम्बर ७ धापमा विहिवारदेखि नमस्तेको मोबाइल टावर सञ्चालनमा ल्याएको छ । लामो प्रतिक्षापछि धापको टावर सञ्चालनमा आएको हो ।
वालशिखर टावरसंगको लिंकमा प्राविधिक समस्या आएपछि टावर सञ्चालनमा ढिलाइ भएको थियो । पछिल्लो समय टावर निर्माण कम्पनीले प्राविधिक समस्या समाधान गरिसकेको टेलिकम दार्चुलाका प्रमुख कृष्णवहादुर गुरुङले बताउनुभयो ।
टेलिकमले धाप क्षेत्रलाई लक्षित गरेर दुई वर्षअघि नै टावर स्थापनाको थालनी गरेको थियो । १८ मिटर उचाईको टावरबाट अहिले नमस्ते मोबाइल सेवा दिइएको टेलिकम दार्चुलाका प्रमुख गुरुङले जानकारी दिनुभयो । अहिले टुजी र थ्रीजी दुबै सेवा धापको टावरबाट दिइएको उहाँले बताउनुभयो ।
एकपटकमा टुजी र थ्रीजीबाट ३०÷३० उपभोक्ताले एकै समयमा मोबाइल प्रयोग गर्न सकिने उहाँको भनाई छ । धापको टावर सञ्चालनमा आएपछि महाकाली नगरपालिकाको वडा नम्बर ७ र ८ को क्षेत्रमा नमस्ते मोबाइलको सेवा विस्तार भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !