दार्चुला सदरमुकाम क्षेत्रमा थप ५० जनामा कोरोना पुष्टि

0
801

दार्चुला, कार्तिक ५ गते ।
दार्चुला सदरमुकाम खलंगा क्षेत्रमा बुधबार एकैपटक ५० जनामा कोरोना पुष्टि भएको छ । महाकाली नगरपालिका वडा नं ४, ५ र ३ क्षेत्रका ५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । कोरोना पुष्टि हुनेमा दार्चुला कारागार भित्रका कैदीबन्दी तथा अन्य समुदायस्तरका कोरोना संक्रमितहरुको कन्टेक्ट ट्रेसीङमा परेकाहरु रहेको उहाँले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोसः दार्चुला कारागारमा कोराना जोखिम

कोरोना संक्रमित ब्यक्तिहरुको पहिचान भइरहेकाले कुन क्षेत्रका कति जना छन् भन्ने केहि छिनमा खुल्ने उहाँको भनाई छ । यो संगै दार्चुलामा कोरोना पुष्टि हुनेको संख्या २ सय ५० पुगेको छ । डडेलधुरा अस्पतालमा आज गरिएको कोरोना परिक्षणमा दार्चुलाका मात्रै कोरोना संक्रमित भेटिएका छन् ।