दार्चुला प्रदेशसभा–२ मा एमालेका जोशीको अग्रता कायमै

0
231

दार्चुला,मंसिर ६ गते ।
दार्चुलाको प्रदेशसभा–२ मा नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीले अग्रता लिएका छन् । गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामी सन्तोषले सुरुआति अग्रता लिए पनि एमालेका जोशीले उनलाई उछिनेर ८ सय २२ मतले अग्रता लिएका हुन् । अपिहिमाल र शैल्यशिखर नगरपालिकाको मत गणना सम्मपन्न हुँदा सम्म एमालेका जोशीले ६ जहार ७ सय ३८ र गठबन्धनका धामीले ५ हजार ९ सय १६ मत प्राप्त गरेका छन् । जोशीको गृहनगरको मत गणना सम्पन्न भएको छ भने धामीको गृह पालिकाको मतगणना हुन बाँकी छ । यस अनुसार धामी र जोशीबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।