दार्चुलामा बडूको अग्रता कायमै,ठगुन्ना पछ्याउँदै

0
318

दार्चुला,मंसिर ६ गते ।
एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको दार्चुलामा जितका लागि गठबन्धन र नेकपा एमाले बीच मुख्य प्रतिस्पर्धा भइरहेको छ । अहिले सम्म प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार दिलेन्द्र प्रसाद बडूको आग्रता कायमै रहेको छ । अपिहिमाल गाउँपालिका र व्यासँ गाउँपालिकाको मतगणना सम्पन्न हुँदा बडूले चार हजार ५१६ मत र उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाले चार हजार ७४ मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा व्याँस र अपिहिमालको मतगणना सम्पन्न भइसक्दासम्म ४४२ मतान्तर रहेको छ । दार्चुलामा ८९ हजार १५४ मतदाता रहेकोमा ५८ हजार बढी अर्थात ६५ प्रतिषत मत खसेको छ । अब दुहुँ, महाकाली, मालिकार्जुन,लेकम, मार्मा र नौगाडको मतगणना गर्न बाँकी रहेको छ भने शैल्यशिखर नगरपालिकाको मतगणना भइरहेको छ । अहिलेसम्म अपिहिमाल र व्यासको सबै अर्थात आठ हजार ८३१ मत गणना भएको छ । जसमा आठ हजार ६७७ मत सदर र १५४ मत बदर भएको छ ।