दार्चुलामा ८९ करोड बढी संघीय पूँजीगत बजेट खर्च

0
562
फाईल फोटोः कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुला ।

दार्चुला, साउन ५ गते ।
आर्थिक बर्ष २०७७/७८ मा दार्चुलाका विभिन्न निकायहरुले संघीय सरकारको ८९ करोड बढी बजेट खर्च गरेका छन् ।


कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाको प्रतिबेदन अनुसार जिल्लाका सरकारी कार्यालयहरु तथा स्थानीय सरकारले ८९ करोड ७३ लाख ८६ हजार १ सय २३ रुपैयाँ ६२ पैशा पुँजीगत बजेट खर्च गरेका छन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालयको एकीकृत बजेटमा जिल्लाका महाकाली नगरपालिका, जिल्ला निर्वाचन कार्यालय र दुर्गा दल गुल्मको पुँजीगत बजेट देखाइएको छैन । शैल्यशिखर नगरपालिकाको संघीय खुद बजेट २० लाखमध्ये १८ लाख ९९ हजार ६ सय ६८ रुपैयाँ १० पैशा खर्च गरेको छ भने असारमा मात्रै १२ लाख ३९ हजार ४ सय ६८ रुपैयाँ १० पैशा खर्च गरेको छ । मालिकार्जुन गाउँपालिकाले ८५ लाख संघीय खुद बजेटमध्ये ८५ लाख नै खर्च गरेको छ । मालिकार्जुन गाउँपालिकाले असार महिनामा मात्रै ६४ लाख ५८ हजार ४ सय ७४ रुपैयाँ खर्च गरेको छ ।
नौगाड गाउँपालिकाको एक करोड ३ लाख पुँजिगत संघीय खुद बजेटमध्ये एक करोड ६४ हजार २ सय ७२ रुपैयाँ खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । उक्त बजेटमध्ये असार महिनामा मात्रै १९ लाख ७३ हजार २ सय ९८ रुपैयाँ खर्च गरेको हो । दुहूँ गाउँपालिकाको एक करोड ५५ लाख खुद पुजिगत बजेटमध्ये एक करोड ५२ लाख ६७ हजार १ सय २२ रुपैयाँ खर्च गरेको छ भने असारमा मात्रै ३ लाख ६१ हजा १ सय ९० रुपैयाँ खर्च गरेको कोलेनिकाको प्रतिवेदनमा उल्लेख छ ।
लेकम गाउँपालिकाको १ करोड ३ लाख खुद बजेटमध्ये ८४ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ खर्च गरेको छ । मार्मा गाउँपालिकाको ५८ लाख खुद बजेटमध्ये ५५ लाख ५३ हजार २ सय ७० रुपैयाँ पुँजीगत बजेट खर्च गरेको छ । मार्मा गाउँपालिकाले खर्च गरेको संघीय पुँजिगत बजेट जम्मा असार महिनामा मात्रै खर्च गरेको छ ।
अपिहिमाल गाउँपालिकाको १ करोड ३ लाख बजेटमध्ये १ करोड २ लाख ९४ हजार ८ सय ४१ रुपैयाँ खर्च गरेको छ भने ८६ लाख ३४ हजार ५ सय ८८ रुपैयाँ असार महिनामा खर्च भएको देखिन्छ । ब्याँस गाउँपालिकाको दुई करोड ४० लाखमध्ये एक करोड ४४ लाख ३३ हजार मात्रै खर्च गरेको छ । असार महिनामा ९८ लाख ७६ हजार खर्च गरेको कोलेनिकाले जनाएको छ ।
जिल्लाका आठ ओटा स्थानीय तहले संघीय बजेट बढी जसो असारे झरीमा खर्च गरेको देखिन्छ । सबैभन्दा बढी दुहूँ गाउँपालिकाले एक करोड ३१ लाख ५९ हजार ५२ रुपैयाँ असारे हतारोमा खर्च गरेको कोलेनिकाको प्रतिबेदनले देखाएको छ ।
जिल्लाका अधिकांश सरकारी कार्यालयहरुले पनि संघीय पुँजिगत बजेट असारमै खर्च गरेको देखिएको छ । महाकाली नदी नियन्त्रण आयोजनाको ३९ करोड ४३ लाख खुद बजेटमध्ये असारमा मात्रै २२ करोड २२ लाख ४२ हजार ९ सय ५४ रुपैयाँ खर्च गरेको छ । असारसम्म ४३ करोड ६५ लाख ५० हजार ३ सय ६४ रुपैयाँ खर्च गरेको छ ।
दार्चुला तिंकर सडक आयोजनाले असारमा मात्रै ११ करोड ४३ लाख ९२ हजार ९ सय ९० रुपैयाँ खर्च गरेको देखिन्छ । खुद बजेट २७ करोड २ लाख रहेकोमा जम्मा खर्च २५ करोड ५४ लाख २२ हजार ४ सय ११ रुपैयाँ मात्रै खर्च गरेको छ ।
त्यसैगरी ब्याँस गाउँपालिका वडा नम्बर १ स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मले असारमा ५ करोड ४२ लाख २१ हजार ३ सय ६५ रुपैयाँ खर्च गरेको कोलेनिकाले जनाएको छ । खुद बजेट ३ करोड ८८ लाख २५ हजार रहेकोमा असारसम्म ७ करोड ५० लाख ९५ हजार २ सय ६० रुपैयाँ ९३ पैशा खर्च गरेको देखिन्छ ।
दार्चुला भन्सार कार्यालयले १५ लाख रहेकोमा १४ लाख ६८ हजार ८ सय ६ रुपैयाँ खर्च गरेको छ । सीमा प्रशासन कार्यालयको एक लाख पुँजिगत बजेट रहेकोमा ९९ हजार ८ सय ९२ रुपैयाँ, मालपोत कार्यालयले ११ लाख ६० हजार रहेकोमा ११ लाख ३६ हजार ३३ रुपैयाँ खर्च गरेको छ । जिल्ला हुलाक कार्यालयले १३ लाख ५४ हजारमध्ये १३ लाख ६४ हजार ३ सय ६ रुपैयाँ खर्च गरेको छ । जिल्ला जनगणना कार्यालयले ६० हजारमध्ये ५९ हजार ९ सय ९१ रुपैयाँ खर्च गरेको छ भने असारमा कुनै बजेट खर्च नगरेको प्रतिबेदनमा उल्लेख छ ।
सीमा प्रहरी चौकी लालीले २ लाख ४० हजार खुद बजेट रहेकोमा ४ लाख ३७ हजार ३ सय ४४ रुपैयाँ खर्च गरेको छ । कारागार कार्यालयले चार लाख ५० हजार खुद बजेटमध्ये ४ लाख ४१ हजार १ सय ९० रुपैयाँ, राष्ट्रिय अनुसन्धान कार्यालयले एक लाखमध्ये सिंगो एक लाख खर्च गरेको छ । जिल्ला तथ्यांक कार्यालयले पनि १ लाख २० हजार खुद बजेट रहेकोमा सबै बजेट खर्च गर्न सफल भएको छ ।
इप्रका लटीनाथले ४ लाख ५० हजार बजेटमध्ये ९ लाख ४६ हजार १६ रुपैयाँ, जिल्ला प्रशासन कार्यालयले २ करोड २ लाखमध्ये एक करोड ४६ लाख १५ हजार २ सय २० रुपैयाँ खर्च गरेको छ । ४६ लाख ७१ हजार ८ सय ७८ रुपैयाँ असारमा मात्रै खर्च गरेको देखिन्छ । नापी कार्यालयले २ लाख ५० हजार खुद बजेट रहेकोमा सतप्रतिशत बजेट खर्च गरेको छ । इप्रका गोकुलेश्वरको २ लाख २५ हजार खुद बजेट रहेकोमा ३ लाख ४३ हजार ४ सय ४ रुपैयाँ, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले एक करोड ६४ लाख ६५ हजार खुद बजेट रहेकोमा दुई करोड ५ लाख ६ हजार ४ सय ५८ रुपैयाँ खर्च गरेको छ ।
कोलेनिकाको खुद बजेट ७ लाख रहेकोमा २ लाख ९९ हजार ५ सय ६० रुपैयाँ असारमा खर्च गरेको छ । जम्मा ६ लाख ९८ हजार ७ सय ५६ रुपैयाँ २० पैशा खर्च गरेको छ । परियोजना कार्यान्वयन इकाई स्याउ जोनले ८७ लाख ४० हजार खुद बजेटमध्ये ८६ लाख १० हजार ८ सय रुपैयाँ, जिल्ला सरकारी वकिल कार्यालयले एक लाख ३४ हजार ८० रुपैयाँ खर्च गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले १३ लाख ५० हजार खुद बजेटमध्ये १४ लाख ४८ हजार ९ सय १६ रुपैयाँ खर्च गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गणको १७ लाख ५० हजार खुद बजेटमध्ये १७ लाख ४८ हजार ४ सय ३ रुपैयाँ, इलाका प्रहरी कार्यालय हुतीले ४ लाख ५८ हजार ७ सय ६४ रुपैयाँ खर्च गरेको छ । जिल्ला समन्वय समिति कार्यालयले एक लाख ८० हजार खुद बजेटमध्ये एक लाख ६८ हजार ५ सय ५ रुपैयाँ, शिक्षा विकास तथा समन्वय इकाईले एक लाखमध्ये ९९ हजार ४ सय ९९ रुपैयाँ र जिल्ला अदालतले ५ लाख ५० हजारमध्ये ५ लाख ४९ हजार ७ सय ३२ रुपैयाँ खर्च गरेको कोलेनिकाले जनाएको छ ।