यार्सागुम्बा सहित भारतीय नागरिक पक्राउ

0
593
फाइल फोटो

दार्चुला, साउन ५ गते ।
भारतको धार्चुलाबाट खलंगा बजारमा बहुमुल्य जडीबुटी यार्सा गुम्बा ल्याइरहेका एक जना भारतीय पुलघाटबाट पक्राउ परेका छन् ।

भारतको धार्चुला तहशिल ग्राम पागंला घर भएका बर्ष २३ का गषेण सिह विष्ट ९० ग्राम यार्सागुम्बा सहित पक्राउ परेको दार्चुलाका प्रहरी प्रबत्ता एबं प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । पुलघाटमा खटिएको प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले मंगलबार विहान चेकजाँच गर्दा उनले यार्सा नेपाल ल्याइरहेको पाएको थियो । विष्टलाई आवस्यक कारवाहीका लागि डिभिजन बन कार्यालय दार्चुलामा बुझाइएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।