दार्चुलामा स्वास्थ्यकर्मीमाथि हातपात,कारबाहीको माग

0
733
दार्चुला,वैशाख २३ गते
महाकाली नगरपालिकामा कार्यरत एक स्वास्थ्यकर्मी माथि हातपात भएको छ । वैशाख २० गते बुधबार साँझ ६ बजे जिल्लाको महाकाली नगरपालिका वडानम्बर ६ निसिल आफ्नो कार्यालयको कामकाज गर्ने सिलसिलामा फिल्डबाट कोठा जाने बेला बाटोमा अहेव तुलसी महरालाई हातपात गरेको जनाएको छ । अहेव महरालाई महाकाली नगरपालिका वडानम्बर ६ का स्थानिय दिपक लुहारले विना कारण कार्यालयको कामकाज गर्ने क्रममा बाटोमा हातपात गरेको हो । स्वास्थ्यकर्मी माथि भएको आक्रमणको विरोध गर्दै नेपाल निजामती कर्मचारी संगठन दार्चुलाले घोर निन्दा र भत्र्सना गरेको छ । नेपाल निजामती कर्मचारी संगठन दार्चुलाले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्न व्यक्तिलाई कानुनी दायारामा ल्याई कडाभन्दा कडा कार्वाहीको माग गरेको छ । त्यस्तै कर्मचारीलाई उच्च मनोवलका साथ काम गर्ने वातावरण मिलाउन सम्बन्धीत निकायसंग जोडदार माग गर्दछौ,, नेपाल निजामती कर्मचारी संगठन दार्चुलाका सचिव राजेन्द्रसिह धामीको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ । पिडित कर्मचारीप्रति सहानुभुति प्रकट गर्दै अपराधिक प्रवृत्तीप्रति एकजुट हुन सबै राष्ट्रसेवक कर्मचारीमा नेपाल निजामती कर्मचारी संगठन दार्चुलाले आह्वान समेत गरेको छ । हातपात गर्ने दिपक लुहारलाई प्रहरीले सोहि दिन नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवंम् प्रहरी निरिक्षक ज्ञानेन्द्र सिंहले जानकारी दिनुभएको छ । म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी निरिक्षक सिंहले बताउनुभयो । अहेव महराको धनगढीमा उपचार भइरहेको छ ।