दार्चुलामा राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयन सम्बन्धि अभिमुखीकरण गोष्ठी सम्पन्न

0
398
दार्चुला,वैशाख २९ गते
राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयन सम्बन्धि अभिमुखीकरण तथा अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा स्विस कन्ट्याक्टको प्राबिधिक सहयोगमा राष्ट्रिय व्याबसायिक योग्यता प्रणाली कार्यान्वयन सम्बन्धि अभिमुखीकरण तथा अन्तरक्रिया गोष्ठी कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । महाकाली नगरपालिकाका उप प्रमुख दुर्गा कुमारी विष्ट खत्रीको अध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रममा सामाजिक बिकास मन्त्रालय सुदुरपश्चिम प्रदेश प्राविधिक अधिकृत टंक प्रसाद उपाध्यायले स्वागत मन्तब्य राख्दै राष्ट्रिय व्यावसायीक योग्यता प्रणालीको कार्यान्वयनमा प्रदेश सरकारको भुमिका बिषयमा प्रस्तुतिकरण गरिएको छ ।
कार्यक्रममा समाजिक विकास मन्त्रालयका शाखा अधिकृत लोकेन्द्र प्रसाद भट्टले संबैधानिक रुपमा शैक्षिक प्रणाली कार्यन्वयनमा सरकारहरुको भुमिका, प्रदेशमा प्राविधिकधारका स्कुल÷शिक्षालय तथा भर्नाको अवस्था, मन्त्रालयले थालनी गरेका कार्यक्रम तथा योजनाहरु, राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यन्वयन सम्बन्धमा हालसम्म मन्त्रालयबाट भए, गरेका कार्यकाबारेमा बिस्तृत रुपमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा शाखा अधिकृत लोकेन्द्र प्रसाद भट्टले यो कार्यक्रम सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा संञ्चालनमा रहेको बताएका छन । दार्चुला जिल्लामा यो कार्यक्रम अगामी आर्थिक वर्ष बाट लागु भए कामदारको अभाव नहुने छिमेकी देश भारतका कामदारको भरमा नपर्नु पर्ने दक्ष कामदारलाई टिकाई राख्न समस्या नहुने बताउनु भएको छ । उक्त अबसरमा नेपाल व्याबसायिक योग्यता प्रणाली परियोजना सुदुरपश्चिम प्रदेशका प्राविधिक संयोजक दिल्लीराज भट्टले नेपालको शैक्षिक प्रणाली, प्राविधिक सीप तथा रोजगारीमा तालमेलको अवस्था, राष्ट्रिय व्यावसायीक योग्यता प्रणालीको महत्व तथा सान्दर्भिकता र प्रदेशमा यसको कार्यान्वयनमा तिनै सरकार तथा निजि क्षेत्रको भुमिका बारे प्रकाश पार्नु भएको थियो । कार्यक्रममा व्यासँ गाउँपालिका उपाध्यक्ष विनोद सिह कुवरले स्थानीय स्तरमै सेबा सुबिधा भएमा बढी भन्दा बढीले आफ्नो दक्ष्यताको प्रमाणीकरण गरि योग्यताको प्रमाणपत्र प्राप्त गरी थप वृत्ति बिकास गर्न सक्ने भएकोले सोहि अनुसार पहल गर्न अनुरोध गरेका थिए । अभिमुखीकरण कार्यक्रममा जिल्ला स्थित ९ वटै पालिकाका जनप्रतिनिधि, सामाजिक विकास समिति संयोजक, शिक्षा अधिकृत, रोजगार संयोजक, तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।