छोराले विद्यालयबाट चोरेका ल्यापटप आमाले गरिन् फिर्ता,,छोरा फरार

604

दार्चुला,वैशाख २२ गते
दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्वर ८ स्थित शारदा आधारभुत विद्यालयबाट चोरी भएका ल्यापटप शुक्रबार फिर्ता गरिएका छन् । गत शनिबार राती स्थानिय रमेश लोहारले विद्यालयको ताला फोडेर ल्यापटप सहितको सामान चोरेका थिए । उनकी आमा भुरा लोहारले छोरा रमेश लोहारले चोरेका ६ वटा ल्यापटप ७ वटा चार्जर शंकरपुर प्रहरी चौकी र स्थानियको रहोवरमा विद्यालयलाई बुझाएको विद्यालयका प्रधानाध्यापक अम्बादत्त भट्टले जानकारी दिनु भयो । लोहारका छोरा रमेश लोहार र उनका साथी सागर लोहार अहिले फरार रहेका छन् । फरार रहेकाहरुको खोजी कार्य भइरहेको शंकरपुर प्रहरी चौकी पस्तीका प्रहरी साहयक निरीक्षक विरादत्त पन्तले जानकारी दिनु भयो । यो भन्दा पुर्व चोरी कार्यमा संलग्न रहेको भन्दै तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका मध्ये दुइ जनालाई छोडिएको र एक जना नियन्त्रणमै रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !