दार्चुलामा साढे ६ हजार बढी जेष्ठ नागरिकले लगाए कोरोना विरुद्धको खोप

0
591

दार्चुला, फागुन २८ गते ।

दार्चुलामा साढे ६ हजार भन्दा बढी ६५ बर्ष माथिका जेष्ठ नागरिकहरुले कोरोना विरुद्धको खोप लगाएका छन् । नेपाल सरकारले सञ्चालन गरेको कोरोना बिरुद्धको दोस्रो चरणको अभियान अन्तरगत जिल्लाभरीका ६ हजार ७ सय १६ जनालाई कोरोना बिरुद्धको खोप दिइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभरी तोकिएका ७८ ओटै खोप केन्द्रमा उक्त संख्यामा जेष्ठ नागरिकहरुलाई दोस्रो चरणको खोप अभियान अन्तरगत खोप लगाइएको हो ।
फागुन २३ गतेदेखि देशभर दोस्रो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । जिल्लाभरी ६५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुको संख्या ८ हजार बढी रहेको अनुमान गरिएपनि ६ हजार ७ सय १६ जनालाई कोरोना बिरुद्धको खोप लगाइएको छ ।
फागुन २३ गते पहिलो दिन १८ सय ८९ जना, फागुन २४ गते १९ सय ५५ जना, फागुन २५ गते १२ सय ८६ जना जेष्ठ नागरिकलाई खोप लगाइएको छ । यस्तै फागुन २६ गते ९ सय ९४ जना र फागुन २७ गते ५ सय ९२ जनालाई कोरोना बिरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । दोस्रो चरणको खोप अभियानका लागि दार्चुलालाई ७ हजार डोज कोरोना बिरुद्धको खोप प्राप्त भएको थियो ।