दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

0
446
दार्चुला, माघ २८ गते ।
दार्चुलाको मालिकार्जुनमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका वडा नम्वर ३ भतेडीगाडा बस्ने सुन्दर सिंह धामीका ३५ वर्षीय श्रीमति कलावती धामी रहेको वडा सदस्य पदम सिंह धामीले जानकारी दिनु भयो । शुक्रबार साझँ घरको आगन निर्माण गर्नको लागि माटो खन्ने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरिएर उहाँको ज्यान गएको हो । मृतक धामीको आज शनिबार गोकुलेश्वर आर्य घाटमा अन्त्येष्टि गरिएको आफन्तहरुले बताएका छन् । मृतक धामीका २ छोरा र १ छोरी रहेका छन् ।