दार्चुलामा भिरबाट खसेको ढुंगा लागेर एक महिला गम्भीर घाइते,थप उपचारको लागि धनगढी रिफर

0
479

दार्चुला,भाद्र १२ गते ।
दार्चुलामा भिरबाट खसेको ढुंगा लागेर एक महिला गम्भीर घाइते भएकी छिन् । जिल्लाको नौगाड गाउँपालिका वडा नम्वर ५ भीडकी ३५ बर्षीया पुतली धामी ढुंगा लागेर घाइते भएकी हुन् । मंगलबार विहान घाँस काटेर घर फर्कने बेलामा भिरबाट खसेको ढुंगा लागेर उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनु भयो ।
गम्भिर घाइते धामीलाई गोकुलेश्वरमा रहेको मालिकार्जुन अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि धनगढी रिफर गरिएको उहाँले बताउनु भयो । जिल्लाका ग्रामीण भेगहरुमा कहिले ढुङालागेर त कहिले भीरबाट लडेर घाँस काट्ने क्रममा वर्षेनि धेरै मानिसहरुको अकालमै ज्यान जाने गरेको छ ।