दार्चुलामा थप ४६ जनामा कोरोना पुष्टि

0
828

दार्चुला, असोज २१ गते ।
दार्चुलामा एकैदिन ४६ जनामा कोरोना पुष्टि भएको छ । दार्चुलामा यति ठूलो संख्यामा कोरोना पुष्टि भएको यो पहिलोपटक हो । ति कोरोना संक्रमितहरु समुदायस्तरकै रहेको र कन्टेक्टट्रेसिङरुमा परेकाहरु रहेको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।
डडेलधुरा प्रयोगशालामा असोज २० गते भएको कोरोना परिक्षणमा ४१ जना सुरक्षाकर्मी, २ जना सुरक्षाकर्मीको कन्टेक्टटे«सिङमा परेका र ३ जना समुदायका गरि महाकाली नगरपालिकामा ४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी कार्कीले बताउनुभयो । जमध्ये ८ जना महिला र ३८ जना पुरुषहरु रहेका छन् ।
यो संगै दार्चुलामा कुल कोरोना संक्रमितहरुको संख्या १ सय ४६ पुगेको छ । जसमध्ये ८१ जनाले कोरोना जितेका छन् भने ६५ जना संक्रिय संक्रमित रहेको उहाँले जानकारी दिनुभयो ।
कोरोना संक्रमित महिला २० देखि २३ बर्ष उमेर समुहका र पुरुषहरु २३ बर्ष देखि ७५ बर्ष उमेर समुहका रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।