खलंगा स्थित सीमा पुल आघा घण्टा खुल्योः २४ भित्रीए, ५६ बाहिरीए

773
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

दार्चुला, असोज २० गते ।
आधा घण्टा खोलिएको नेपाल–भारत जोड्ने खलंगा पुलघाँटबाट ८० जनाले आवत् जावत् गरेका छन् ।
नेपाल भारत सीमा क्षेत्र जोड्ने दार्चुलाको झोलुङ्गे पुल मंगलबार दिउँसो २ बजे आधा घण्टाका लागि खुलेको छ ।
भारतको विभिन्न ठाउँमा काम गर्ने नेपालीहरु र नेपालमा बस्ने भारतीय नागरिक तथा विभिन्न कामले भारत जाने नेपालीहरुलाई सीमा क्षेत्रबाट ओहोर दोहोर गरार्ईएको छ । मंगलबार आधा घण्टाका लागि खुलेको सीमाबाट भारतबाट २४ जना भित्रीएका छन भने ५६ जना बाहिरीएका छन । भारतको विभिन्न ठाउँमा काम गर्दै आएका नेपालको विभिन्न क्षेत्रका नेपालीहरु नेपाल भित्रीएको जिल्ला प्रहरी कार्याल दार्चुलाका सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो । नेपाल भित्रीनेमा १७ जना पुरुष ५ जना महिला र २ जना बालबालीका रहेका छन । नेपाल भित्रीएका नेपालीहरुलाई महाकाली नगरपालिकाले विभिन्न सम्बन्धीत पालिकाहरुसँग सम्पर्क गरी पठाउने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !