दार्चुलामा जेठ २० सम्म निषेधाज्ञा लम्बियो

0
632
दार्चुला सदरमुकाम खलंगा र भारतीय बजार धार्चुला

दार्चुला, जेथ ९ गते ।
दार्चुला जिल्लामा निषेधाज्ञा थप गरिएको छ ।

आईतबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यलाई थप प्रभावकारी बनाउन १० दिनका लागि निषेधाज्ञा थप गर्न सिफारिस गरे अनुसार निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको सिफारिस अनुसार जेठ २० गते राति १२ बजे सम्म लागु हुने गरि निषेधाज्ञा जारी गरिएको छ । यसअघि वैशाख ३० गतेको बैठकले जेठ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरेकोे थियो ।