कोरोना दार्चुलाः दुई जनामा परिक्षण एकमा पुष्टि, १६ जनाले जिते

0
650

दार्चुला, जेठ ८ गते ।
दार्चुलामा शनिबार दुई जनामा परिक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पुलघाट नाकामा भारतबाट भित्रीने दुई जनाको एन्टीजेन परिक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सिआईसिटि सहजकर्ता सुजन बोहराले बताउनुभयो । शुक्रबार दार्चुलामा २ सय जनाको पिसिआर परिक्षण र सात जनाको एन्टीजेन परिक्षण गरिएको थियो जसमध्ये ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँको भनाई छ । शनिबार दुई जनाको मात्रै कोरोना परिक्षण हुदाँ एक जनामा देखिएको हो ।
शनिबार भएकाले कम परिक्षण भएको हुन सक्ने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टको भनाई छ । जिल्लामा हाल एन्जीटन किट र पिसिआरको भिटिएम अभाव नभएको उहाँको भनाई छ । हाल स्वास्थ्य कार्यालय संग २ सय एन्टीजेन र १५ सय पिसिआरको भिटिएम स्टक रहेको स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताउनुभयो । दार्चुलाका लागि १५ सय किट सतबाज पुगेको र भोली दार्चुला आइपुग्नेछ । कोरोना परिक्षणका सामग्रीहरु जिल्लाका ९ वटै पालिकाहरु संग पनि केहि मात्रामा स्टक रहेको उहाँको भनाई छ ।
शनिबार दार्चुलामा १६ जनाले कोरोना जितेका छन् । कोरोना संक्रमणको दोस्रो लहरमा दार्चुलामा ५ सय २५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ३ सय ५० जना सक्रिय संक्रमित रहेका छन् भने १ सय ६६ जनाले कोरोना जितेका छन् र ९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।