दार्चुलामा जबरजस्ती करणीको आरोपमा शिक्षक पक्राउ

0
737
फाइल फोटोः जिल्ला प्रहरी कार्यालय दार्चुला

दार्चुला, जेठ ११ गते ।


जबरजस्तीकरणी गरेको आरोपमा दार्चुलामा एक जना शिक्षक पक्राउ परेका छन् ।

नौगाड गाउँपालिका वडा नम्बर ६ धुलिगाडामा रहेको मालिकार्जुन आधारभुत विद्यालयका शिक्षक राम सिह धामीले सोही विद्यालयमा अध्ययनरत एक जना किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै आफन्तले दिएको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी हिक्मत थापाले जानकारी दिनुभयो । ३३ बर्षिया शिक्षक धामीले १७ बर्षिया विद्यार्थीको गत फागुनमा जबरजस्तीकरणी गरेको भिडिओ बनाएको खुलेको छ । भिडिओ बाहिर ल्याउने भन्दै किशोरीलाई डराएर पटक पटक करणी गरेको भन्दै आफन्तले उजुरी दिएका छन् । ती शिक्षकले एक जना साथीलाई हेर्न भन्दै भिडिओ पठाएको र त्यहाँ बाट मेसेन्जरमा फर्वाड हुदै अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि घटना बाहिर आएको हो । आरोपी विरुद्ध जिल्ला अदालत दार्चुलामा जबरजस्तीकरणी सम्बन्धी मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।