दार्चुलामा आठ सय उद्योग र १६ सय फर्म

0
2478

दार्चुला, मंसिर १० गते ।
दार्चुला जिल्लाभरी ८ सय ५ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाका अनुसार हालसम्म दर्ता भएका सबै प्रकारका उद्योगको संख्या आठ सय नाघेको हो ।
तेस्रो उद्योग दिवसको अवसरमा वरिष्ठ उद्योग अधिकृत पदमवहादुर ठकुराठीले उद्योग दर्ता गर्ने क्रम बढे पनि उद्योगहरुको नियमित सञ्चालन हुन नसकेको बताउनुभयो । पूर्ण क्षमतामा उद्योग सञ्चालन, प्रतिस्पर्धी क्षमता, गुणस्तर, पूजीको अभाव, बजारिकरणको समस्या दार्चुलाका साना उद्योगहरुले झेल्नुपरेको उहाँको भनाई छ ।
अल्लो, हाते कागज, वास र निगालोजन्य उत्पादन, स्याउ, चिउरी उद्योगको सम्भावना दार्चुलामा रहेको वरिष्ठ उद्योग अधिकृत ठकुराठीले बताउनुभयो । ऊन, गलैचा, होटल लगायत सेवा क्षेत्र र पर्यटन उद्योगको सम्स्भावना रहेको उहाँको भनाई छ ।
घरेलु तथा साना उद्योग विकास समिति दार्चुलामा १ हजार ६ सय १५ वटा व्यवसायिक फर्म दर्ता भएका छन् ।