दार्चुलाकाे ब्याँसमा तुईनबाट महाकाली नदिमा खसेर एक पुरुषकाे मृत्यु

0
440

दार्चुला वैशाख ९ गते ।
दार्चुलाकाे महाकाली नदीमा तुईनबाट खसेर एक पुरुषकाे मृत्युु भएकाे छ । व्याँस गाउँपालिका २ दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारीकाे तुइनबाट खसेर मृत्युु भएको ब्याँस गाउँपालिकाका उपाध्यक्ष विनाेद सिंह कुवरले जानकारी दिनुभयाे । आज दिउँसो साढे १ बजेतिर भण्डारी नेपालबाट भारत जाने क्रममा तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर मृत्यु भएको उनले बताउनु भयाे । मृतक भण्डारीको शव अहिले महाकाली नदिकाे भारततिर किनारमा रहेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी जगत गहामगरले जनाकारी दिनु भयाे । घटना स्थलमा दुम्लिङ प्रहरी चाैकीबाट प्रहरी टाेली खटिएको र घटनाकाे थप विवरण अाउन बाकी रहेकाे प्रहरीले जनाएको छ ।