दार्चुलाबाट सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उद्धार

0
225

दार्चुला,वैशाख १३ गते
दार्चुलामा एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको व्याँस गाउँपालिका वडा नम्वर ६ हुतिकी ३१ वर्षीया भागरथि बडुको नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको हो । उनको गर्भमा जुम्ल्याहा बच्चा रहेकोमा एक बच्चालाई मंगलबार जिल्ला अस्पताल दार्चुलामा जन्म दिएकी थिइन् । तर, उनले अर्को बच्चा जन्माउन नसके पछि जिल्ला अस्पताल दार्चुलाले रिफर गरेका थिए । उनलाई नेपाली सेनाको एन ०५५ कलसाइनको हेलिकप्टर मार्फत बुधबार विहान कर्णली प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ । जिल्ला अस्पतालका चिकित्सकले उनको पहिलो नवजात शिशुलाई आईसीयूमा राखेका थिए । उनको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत प्रमुख जिल्ला अधिकारी किरण जोशीको पहलमा हवाई उद्धार गरिएको बताइएको छ ।