वैैशाख १४ गते देखि अपि वेश क्याम्प भ्रमण सप्ताह कार्यक्रम हुदै

294
दार्चुला,वैशाख ८ गते
दार्चुलाको अपि हिमाल गाउँपालिकाले बैशाख १४ गते देखि २१ गते सम्म अपि वेश क्याम्प भ्रमण सप्ताह कार्यक्रम संचालन गर्ने भएको छ । गाउँपालिकाले शुक्रबार एक भ्रमण वर्षको लोगो सार्वजनिक गदै भम्रण वर्ष २०८० संञ्चालन गर्ने तयारी भएको गाउँपालिका अध्यक्ष भक्त सिह ठेकेर बोहराले जानकारी दिनु भयो । पालिकाभित्र ओझेलमा परेका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरी पर्यटकीय क्षेत्रको उजार गर्ने उदेश्यले भ्रमण सप्ताह कार्यक्रम संचालन गर्न लागिएको उहाँले बताउनु भयो । यसका लागि गाउँपालिकाले बैशाख १० गते व्यवस्थापन समिति गठन गर्ने जनाएको छ । गाउँपालिका अध्यक्ष ठेकेर बोहराले जिल्लास्थित सम्पुर्ण राजनितिक दलका प्रमुख एवम् प्रनिनिधि, कार्यालय प्रमुख कर्मचारी नौ वटै स्थानीय तहका जनप्रनिधि जिल्लास्थित संञ्चारकर्मी सुरक्षाकर्मी लगायत सबैलाई अपि वेश क्याम्प भ्रमण सप्ताह कार्यक्रममा सहभागि हुन आग्रह गरेका छन । भम्रण सप्ताहमा पालिका सदरमुकाम देखि अपि वेश क्याम्प सम्म खाना र बाँसको व्यवस्थापन पालिकाले गर्ने भएको छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाईमा अपि हिमाल गाउँपालिका पर्ने गरेको छ । धार्मिक तथा पर्यटनको राम्रो सम्भावना बोकेको अपि हिमाल गाउँपालिकामा प्रचारप्रसार हुन नसकेको स्थानीयवासीको भनाइ छ । प्राकृतिक क्षेत्रको अवलोकनका लागि आउने पर्यटकलाई आवत जावतका लागि यातायातको सुविधा नहुनु, जिल्लामा विमानस्थल सञ्चालन नहुनु, पर्यटकलाई उद्धारको व्यवस्था नहुँदा पर्यटकको आकर्षण अपिहिमाल बन्न नसकेको गाउँपालिकाले जनाएको छ । यो कार्यक्रम संञ्चालनका लागि गाउँपालिकाले ५ लाख रुपैँया पर्यटन प्रर्बद्धनका लागि विनियोजन गरेको अपि हिमाल गाउँपालिकाले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस् !