चार हजारको आरडिटी र एक हजारमा पिसिआर परीक्षण

0
724

दार्चुला, असार १७ गते ।
दार्चुलामा झण्डै ५ हजार व्यक्तिमा कोरोना संक्रमणको परीक्षण गरिएको छ । असार १५ गतेसम्म ४ हजार ३० जनाको आरडिटी र ९ सय ५८ जनामा पिसिआर परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
आरडिटी परीक्षणमध्ये १ सय २२ जनामा पोजेटिभ देखिएको थियो । आरडिटी पोजेटिभ देखिएका सबैको पिसिआर परीक्षण गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनुभयो । जिल्लाभरी १० जनामा आरडिटी र पिसिआर दुबै परीक्षणबाट संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।
असार १५ गतेसम्म ९ सय ५८ जनाको पिसिआर परीक्षण गरिएकोमा २० जनामा संक्रमण देखिएको छ । असार १५ गते मात्रै ४४ जनाको आरडिटी परीक्षण गरिएकोमा ६ जना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय दार्चुलाका फोकलपर्सन वीरेन्द्रप्रसाद भट्टले बताउनुभयो ।
हालसम्म दार्चुलाभरी कोरोनाको संक्रमित संख्या २० रहेको छ । संक्रमितमध्ये १८ जना निको भई घर फर्किएका स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । हाल २ जना मात्रै आइसोलेशनमा छन् । दुबैजना शैल्यशिखर नगरपालिकाका वासिन्दा हुन् ।
असार १५ गतेको अद्यावधिक तथ्यांकअनुसार जिल्लाभरी ५ सय २१ जना क्वारेन्टाइनमा बसिरहेका छन् । यीमध्ये ४३ महिला, ४ सय ७७ पुरुष र एक वालवालिका छन् । महाकालीमा ६१, शैल्यशिखरमा १ सय १६, नौगाडमा ९१, मार्मामा ६२, अपीहिमालमा २, मालिकार्जुनमा ६०, लेकममा ४८, दुहुँमा ५७ र व्यासमा २४ जना क्वारेन्टाइनमा बसेका छन् ।
क्वारेन्टाइनमा बसेकामध्ये ४८ जना आइसोलेशनमा छन् । कम्तिमा १४ दिनको क्वारेन्टाइन बसाइपछि घर पठाइदैआएको फोकलपर्सन बीरेन्द्रप्रसाद भट्टले बताउनुभयो ।