ग्रामीण विद्यालयहरूमा संगठन विस्तार गर्दै अनेरास्ववियु

0
604

दार्चुला, पुस ७ गते । 
नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले दार्चुलाका ग्रामीण विद्यालयहरूमा संगठन विस्तार गरिरहेको छ ।

जस अन्र्तगत आज महाकाली नगरपालिकाका तीन ओटा विद्यालयमा संगठन विस्तार गरेको छ । अनेरास्ववियुको  निर्णय अनुसार आज हुस्कर मावि काँटै, हुनैनाथ मावि बाँजअल्कापुरी मावि कोट कोटकौतलीमा कमिटी गठन गरिएको हो ।
महाकाली नगरपालिका वडा नम्बर १ स्थित अल्कापुरी मावि कोट कतौलीमा रेविका लुहारको अध्यक्षतामा अनेरास्ववियु विद्यालय कमिटि गठन गरेको अनेरास्ववियु दार्चुला बहुमुखी क्याम्पस कमिटी संयोजक सन्तोष सिंह ठगुन्नाले जानकारी दिनुभयो । उहाँका अनुसार उपाध्यक्षमा आरस लुहार, सचिवमा नबिना कुवँर, सहसचिवमा कलावती कार्की, कोषाध्यक्षमा प्रतिभा कुवँर रहने गरी ४० सदस्यीय विद्यालय कमिटि गठन गरेको छ ।
दार्चुला बहुमुखी क्याम्पस कमिटी संयोजक सन्तोष सिंह ठगुन्नाको अध्यक्षतामा कमिटी विस्तार गरिएको अनेरास्ववियु नेता पदमराज जोशीले जानकारी दिनुभयो । कमिटी विस्तार कार्यक्रममा अनेरास्ववियु नेताहरु कल्पना धामी, सावित्री महता लगायतको सहभागिता रहेको थियो ।
आजै हुष्कर मावि काँटै र हुनैनाथ मावि बाँजमा पनि अनेरास्ववियुले कमिटि गठन गरेको अनेरास्ववियु स्थायी कमिटि सदस्य खेमराज जोशीले जानकारी दिनुभयो । हुनैनाथ बाँजमा किरन सिंह धामी अध्यक्ष रहने गरी ११ सदस्यीय कमिटि गठन गरिएको छ । उपाध्यक्षमा देनिसा महरा, सचिवमा राजेश सिंह महरा, सहसचिवमा पुष्पा महरा र कोषाध्यक्षमा दिपक महरा चयन गरिएको छ ।
हुस्कर मावि काँटैमा देवराज बडु अध्यक्ष रहने गरी १५ सदस्यीय विद्यालय कमिटि गठन गरेको छ । उपाध्यक्षमा भाग्यलक्ष्मी बडाल, सचिवमा लक्ष्मण सिंह धामी, सह–सचिवमा गंगा महर र कोषाध्यक्षमा बिक्रम लुहार रहने गरी कमिटि विस्तार गरिएको अनेरास्ववियुले जनाएको छ ।
मावि काँटै कक्षा ११–१२ को पनि अनेरास्ववियुको कमिटि गठन गरिएको छ । पुस्कर कुवँर अध्यक्ष रहने गरी २१ सदस्यीय कमिटी गठन गरिएको अनेरास्ववियु नेता धनसिंह बडालले जानकारी दिनुभयो । उहाँका अनुसार उपाध्यक्षमा कमला महरा, सचिवमा बसन्त लुहार, सह–सचिवमा निर्मला बडु र कोषाध्यक्षमा जीवन बडु रहने गरी २१ सदस्यीय कमिटी गठन गरिएको छ ।
दार्चुला बहुमुखी क्याम्पस कमिटी सचिव तुलसी बिष्टको अध्यक्षतामा भएको कमिटि विस्तार कार्यक्रममा अनेरास्ववियु स्थायी कमिटि सदस्य खेमराज जोशी प्रमुख अतिथि रहनु भएको थियो । त्यस्तै कार्यक्रममा क्याम्पस कमिटी उपाध्यक्ष मनिषा डडाल, विद्यार्थी नेताहरु धनसिंह बडाल तथा बल्देव सिंह महरा लगायतको सहभागिता रहेको थियो ।