गबला पर्व मनाउदै शौका समुदाय

0
807

इश्वरी बुढाथोकी
दार्चुला, माघ १५ गते ।  दार्चुलामा मात्रै बसोबास रहेको शौका समुदायले विहिबार पुर्णिमाका दिन आफ्नो समुदायको ठूलो पर्व गबला पर्व मनाउदैछन् । विषेश गरि दार्चुलाको ब्यास गाउँपालिका वडा नं १ मा रहेको तिंकरी शौका समुदायले यस पर्वलाई नयाँ बर्षको रुपमा मनाउने गरेको स्थानिय चमक सिह तिंकरीले जानकारी दिनुभयो ।

शौका समुदाय भित्र पनि अन्य शौका समुदायले फरक–फरक तिथीमा गबला पर्व मनाउने गरेको र गबला पर्व मनाउने तिथि अनुसार शौका समुदायले नयाँ बर्ष मनाउने गरेको उहाँको भनाई छ । एक वर्षमा एक चोटी मात्र आउने महान चाड गबला पर्वलाई शौका जातिहरुले धुमधामका साथ मनाउने गर्दछन। यस पर्वका दिन बिहानै दमाहा बाजागाजाका साथ मन्दिरमा गई पुजापाठ गर्ने चलन परापुर्वकाल देखि नै रहिआएको स्थानिय तिंकरीको भनाई छ ।


आजको दिनमा विभिन्न प्रकारका मिठामिठा खानेकुराहरु पकाएर मन्दिरमा चडाएर पुजापाठ गरे पश्चात मात्रै खाने चलन छ । साथै यस पर्वमा टाढा–टाढा रहनुभएका आफन्त इस्टमित्रहरुसंग भेटघाट हुने भएकाले एक आपसमा माया सदभाव साटासाट गर्ने गरिन्छ । शौका समुदाय भित्रका पनि जातिहरुले गबला पर्व फरक तिथिमा मनाउने भएकाले एक अर्काको गबला पर्वमा उपस्थित भई शौका जातिमा एकताको भावना ल्याउने गरेको उहाँको भनाई छ । गबला पर्वमा दार्चुला तथा भारतमा बसोबास गर्ने शौका समुदायहरुले एक अर्काको पर्वमा सहभागि भई हर्साेल्लासका साथ मनाउने गरेका छन् । गबला पर्वमा शौका समुदायले आफ्नै रिती अनुसारको देउसी खेल्ने गरको तिंकरीको भनाई छ ।