खलंगा सीमानाकामा यार्सागुम्बा सहित एक महिला पक्राउ

0
669
फाइल फोटो

दार्चुला, साउन ८ गते ।
नेपाल–भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित सीमा नाकामा यार्सा गुम्बा सहित एक महिला पक्राउ परेकि छिन् ।

नेपाल–भारत जोड्ने अन्तर्राष्ट्रिय सीमा नाका खलंगा पुलघाँटमा भारतबाट नेपाल ल्याउदै गरेको अवस्थामा २ सय ४० ग्राम यार्सा गुम्बा सहित एक महिला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले बताउनु भयो । पक्राउ परेका महिलालाई डिभिजन वन कार्यालय दार्चुलाको जिम्मा लगाइने सुचना अधिकारी चन्दको भनाई छ ।
साउन ५ गते मात्रै ९० ग्राम यार्सा गुम्बा सहित भारतीय नागरिक गणेश सिंह बिष्ट पुलघाटबाट पक्राउ परेका थिए । दार्चुलामा महाकाली नदीमाथिको अवैध बाटो प्रयोग गरेर खलंगा नाकाहरु तुईन र ट्युब बाट विभिन्न क्षेत्रमा अवैध सामग्रीहरु ओसार पसार हुने गरेको छ ।