जोशीद्धारा नगरपालिकाको प्रवक्ता पदबाट राजीनामा

637

दार्चुला, साउन १० गते ।
दार्चुलाको महाकाली नगरपालिकाका प्रबक्ता पुस्कर राज जोशीले नगर प्रबक्ताको पदबाट राजीनामा दिनुभएको छ ।

नगर प्रबक्ताको पदबाट राजीनामा दिएको जोशीले कालापानी न्युज डटकमलाई जानकारी दिनुभयो । जोशी महाकाली नगरपालिकाको वडा नं ४ का वडाध्यक्ष समेत हुन् । नगरपालिकामा जनप्रतिनिधी आएदेखि प्रबक्ताको जिम्मेवारी पाएका जोशीले एकाएक राजीनामा दिएपछि सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी भइरहेको छ । वडाध्यक्ष जोशीले आईतबार सामाजिक सञ्जाल फेसबुकमा महाकाली नगरपालिकाको प्रवक्ता एवम् सामाजिक विकास समितिको संयोजकबाट राजीनामा दिएको घोषणा समेत गर्नुभएको छ । प्रबत्ता जोशीले आफ्नो जिम्मेवारीलाई निर्वाह गर्ने क्रममा मार्गदर्शन गर्नुहुने नगर प्रमुख  ,उपप्रमुख लगायत सबैलाई धन्यबाद दिदै नगर प्रवक्ता र सामाजिक विकास समितिको संयोजक पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । नगर प्रबक्ताको पदबाट राजीनामा किन दिएको भन्ने विषयमा भने जोशीले कुनै प्रतिक्रिया दिन चाहेन्न् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !