खलंगा पुलघाटबाट भारत प्रबेशमा नेपालीलाई अनेक झमेला

588
पुलमै लाईन लगाएर भारतीय पक्षले नेपाली नागरिकहरुको परिचयपत्र चेकजाँच गर्दै

दार्चुला, असार २६ गते ।
भारत आवत जावतका लागि हाल दार्चुलामा खुला रहेको एकमात्रै सीमानाका खलंगा पुलघाटबाट भारत प्रबेश गर्न नेपाली नागरिकहरुलाई अनेक झमेला झेल्नु परिरहेको छ ।

कोरोना महामारीको प्रभावले दार्चुलाका नेपाल भारत जोड्ने ६ सीमानाका मध्ये हाल दार्चुलाको खलंगा पुलघाट नाका मात्रै औपचारीक रुपमा आवत जावतका लागि खुला गरिएको छ । तर खलंगा पुलघाटमा नेपाली नागरिकहरुलाई भारत प्रबेशका लागि भारतीय पक्षले बेला–बेला अनेक झमेला गर्ने गरेको छ ।
जेठ महिनामा धार्चुला प्रबेश गर्न ७२ घण्टे पिसिआर परिक्षणको रिर्पाेट अनिवार्य गरेको भारतीय पक्षले असार महिनाको सुरुको हप्तामा आफैले एन्टीेजेन परिक्षण गरि नेपाली नागरिकहरुलाई भारत प्रबेश गर्न दिइरहेको थियो । तर असार २० गते यता धार्चुला प्रबेश गर्ने नेपालीहरुको नागरिकता वा परिचयपत्र अनिवार्य गरिएको छ । सामान किनबेच गर्न भारतीय बजार धार्चुला जाने नेपालीहरुको पुलमै लाइन लगाएर भारतीय एसएसविले नागरिकता वा परिचयपत्र हेरेर मात्रै भारतीय क्षेत्रमा प्रबेश दिइरहेको छ । भारतीय एसएसबीले बेला बेला धार्चुला प्रबेशमा अनेक झमेला गरिरहेको पत्रकार दिपक साउँदको भनाई छ । ‘पुलमै लाईन लगाएर एसएसबीले नेपाली नागरिकहरुलाई हेप्ने गरेको छ, कहिले नागरिकता माग्ने, कहिले पिसिआर रिर्पाेट माग्ने, कहिले केहि नभएपनि जान दिने, यो त झमेला मात्रै भयो’ साउँदले भन्नुभयो ।
नेपालीहरुलाई भारत प्रबेशमा कुनै अवरोध नभएको पुलघाट प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गगन सिह भाटले जानकारी दिनुभयो । आवत जावतमा कुनै अवरोध छैन तर भारतीय पक्षले आजभोली परिचय पत्र अनिवार्य गरेको छ , उहाँले भन्नुभयो । खलंगा नाका भएर भारतका विभिन्न ठाउँमा रोजगारी गर्न जानेको संख्या हाल बढीरहेको उहाँको भनाई छ । दैनिक रुपमा समान किनबेच गर्न भारतीय बजार धार्चुला जाने नेपाली नागरिकहरुले हाल अनिवार्य रुपमा आफ्नो नागरिकता वा परिचयपत्र बोक्ने गरेका छन् ।

भारतमै एन्टीजेन परिक्षण गर्दा दुई जनामा कोरोना पुष्टि

खलंगा पुलघाटबाट धार्चुला बजार जान लागेकाहरुको पुलघाटमा भारतीय पक्षले एन्टीजेन परिक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको छ । भारतीय बजार भारतीय बजार धार्चुला गइरहेका करिब ८० जनाको भारतीय पक्षले एन्टीजेन परिक्षण गर्दा दुई जनामा कोरोना देखिएको पुलघाट प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गगन सिह भाटले जानकारी दिनुभएको छ । महाकाली नगरपालिका वडा नं ४ तिंकर खेडाका एक जना र वडा नं ५ गल्फैका एक जना गरि दुई जनामा कोरोना देखिएको छ । दुबैजनालाई होम आइसोलेसनमा राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !