महेन्द्र नमुना माविले अनलाईनबाट कक्षा सञ्चालन गर्ने

572
फाईल फोटो

दार्चुला, असार २६ गते ।
दार्चुला सदरमुकाम खलंगामा रहेको महेन्द्र नमुना माद्यमिक विद्यालयले कक्षा १०, ११ र १२ का कक्षाहरु अनलाईनका माध्यमबाट सञ्चालन गर्ने अन्तिम तयारी गरेको छ ।

कोरोना संक्रमणको प्रभावले लामो समय देखि शिक्षण सिकाई कार्य अवरुद्ध रहेको तथा प्रत्यक्ष कक्षा सञ्चालन कहिले बाट गर्न सकिने भन्ने टुङ्गो नभएकाले अनलाईन कक्षाहरु सञ्चालन गर्न लागिएको विद्यालयका प्रधानाध्यापक राम दत्त जोशीले जानकारी दिनुभयो ।
असार २८ गते देखि नियमित रुपमा जुमका माध्यमले कक्षा सञ्चालन गर्ने गरि समय तालिका समेत निर्माण गरिएको उहाँले बताउनुभयो । कक्षा ११ र १२ का परिक्षा हुन बाकि रहेकाले पठाउन बाकि कोर्स अनलाईन कक्षा सञ्चाल गरि पढाउने तयारि भइरहेको छ । कक्षा ९ बाट कक्षा १० मा गएका विद्यार्थीहरुको नयाँ कक्षा जुमबाटै सञ्चालन हुनेछन् ।
शैक्षिक सत्र २०७७ को कक्षा १० को आन्तरिक मुल्याङ्कन भइसकेको अवस्था भएकाले शैक्षिक सत्र २०७८ का कक्षा १० का नयाँ विद्यार्थीहरुलाई लक्षित गरि अनलाईन कक्षा सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । जुमका माध्यमबाट कक्षा सञ्चालन गर्नका लागि शिक्षकहरुलाई एक हप्ता तालिम समेत दिइएको छ । एक हप्ता तालिम दिएर जुमको माध्यमबाट अनलाईन कक्षा सञ्चालनका लागि शिक्षकहरुलाई अभ्यास गराइएकाले अनलाईन कक्षा प्रभावकारी हुने प्रधानाध्यापक जोशीको अपेक्षा छ । अनलाईन कक्षाका लागि शिक्षकहरु तयार रहेपनि कोरोना प्रभावले अधिकाशं विद्यार्थीहरु गाउँघर गएकाले कक्षा अनलाईन कक्षा लिनका लागि विद्यार्थीहरुले इन्टरनेटको पहुँमा आउनुपर्नै छ ।
अनलाईनका माध्यमबाट कक्षा सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भएकाले विद्यार्थीहरुलाई कक्षा लिनका लागि इन्टरनेटको पहुँचको ब्यवस्थापन गर्न अभिभाहकमा प्रधानाध्यापक जोशीले आग्रह समेत गर्नुभएको छ । ‘अनलाईन कक्षा सञ्चालनका लागि शिक्षकहरु तयारि अवस्थामा छन्, अब विद्यार्थीहरुलाई पनि अभिभाहकहरुले इन्टरनेटको पहुँचमा पुगाएर कक्षा सञ्चालनमा अभिभाहकरुले सहयोग गर्ने अपेक्षा गरेका छौ’ प्रधानाध्यापक जोशीले भन्नुभयो । शिक्षकहरुले विद्यालय वा घरबाटै जुमबाट कक्षा सञ्चालन गर्न सक्नेछन् । विद्यालयबाटै सबै अनलाईन कक्षा सञ्चालन गर्दा इन्टरनेटमा लोड हुन सक्ने सम्भावनालाई हेर्दै वाईफाई घरमा भएका शिक्षकहरुले घरबाटै अनलाईन कक्षा सञ्चालन गर्ने उहाँले बताउनुभयो । विद्यालय संग पाँच थान ल्यापटप रहेको र हालै महाकाली नगरपालिकाको ४ नं वडा कार्यालयले उपलब्ध गराएको पाँच थान ल्यापटप अनलाईन कक्षा सञ्चालनका लागि उपयोगमा ल्याइने छ ।
विद्यार्थीहरुलाई एन्ड्रोइड मोवाइयलका साथ इन्टरनेटको पहुँमा आउन तथा जुम आईडी म्यासेन्जर गु्रपबाट विद्यार्थीलाई दिइने विद्यालयले जनाएको छ । जुम आइडी प्राप्त गर्न नसकेका विद्यार्थीहरुले कक्षा शिक्षक वा विद्यालयमा सम्पर्क गरि अनलाईन कक्षामा सहभागि हुन सक्नेछन् ।
कक्षा ९ भन्दा तल नयाँ भर्ना कार्यक्रम बाकि रहेकाले परिस्थिती हेरि तल्ला कक्षाहरु सञ्चालनका लागि समेत विकल्प खोजीने महेन्द्र नमुना माविका प्रधानाध्यापक जोशीले भन्नुभयो । ‘कक्षा ९ भन्दा तल अझै नयाँ भर्ना जारी छ, साउँन महिना देखि तल्ला कक्षाहरु कसरी सञ्चालन गर्ने भन्ने विकल्प हेर्दैछौ’ प्रधानाध्यापक जोशीले भन्नुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !