क्वारेन्टाइन अवधि पूरा गरि घर गएका ब्यक्तिहरुमा कोरोना भेटियोः घरहरु सिल गरिदै

0
1031

दार्चुला, साउन १६ गते ।
दार्चुलामा शुक्रबार कोराना संक्रमण भेटिएका १६ जना ब्यक्तिहरु मध्ये तिन जना मात्रै क्वारेन्टाइनमा रहेको र बाकि घरमै रहेको बताइएको छ । क्वारेन्टाइन अवधि पूरा भएकाले उनिहरु घर गएका हुन् ।
जिल्लाको ब्यास गाउँपालिकामा कोरोना संक्रमण पाइएका दुई जना २४ र २५ बर्षिय पुरुषहरु विदेशबाट आएको बुझीएको छ । उनिहरु दुबै जना दार्चुला सदरमुकामको कैलाशपती आधारभुत विद्यालय छाङरुको क्वारेन्टाइनमा बसि अवधि पूरा गरि घर गएको ब्यास गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेखर चन्द्र ओझाले जानकारी दिनुभयो ।
आरडीटी पोजेटिभ देखिएका दुबै जना होम क्वारेन्टाइनमा बस्ने गरि घर गएका हुन् उहाँले भन्नुभयो ।
कोरोना पुष्टी भएकाहरुलाई गाउँपालिकाको आइसोलेसनमा राख्ने तयारी भइरहेको प्रमुख प्रशासकिय अधिकृत ओझाको भनाई छ । सम्बन्धीत ब्यक्तिहरुलाई आइसोलेनमा राख्न कर्मचारी र प्रहरीहरुलाई खटाइएको उहाँको भनाई छ ।
ब्यासमा कोरोना संक्रमित भेटिएको वडा नं ४ सुन्सेरामा लकडाउन गर्ने विषयमा छलफल भइरहेको वडाध्यक्ष संग्राम सिह विष्टले जानकारी दिएका छन् ।
संक्रमित ब्यक्तिहरुको कन्ट्याक्ट टे«सीङ भइरहेको र कोरोना फैलिने जोखीम कम गर्न वडा लकडाउन गर्ने विषयमा छलफल भइरहेको उहाँको भनाई छ ।
शुक्रबार सबै भन्दा बढी १३ जना कोरोना संक्रमति भेटिएको मार्मा गाउँपालिकामा संक्रमित मध्ये २ जना मात्रै क्वारेन्टाइनमा रहेको बुझिएको छ ।
संक्रमित १३ जना मध्ये ११ जनाले क्वारेन्टाइन अवधि पूरा गरि घर गएको मार्मा गाउँपालिकाका कर्मचारी गोबिन्द राज जोशीले जानकारी दिनुभयो । संक्रमितहरुलाई गाउँपालिकाको क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको र घर गएका ब्यक्तिहरुको घर सिल गर्ने तयारी भएको उहाँको भनाई छ ।                                                          लेकम गाउँपालिकामा कोरोना संक्रमित पाइएका एक जना ३६ बर्षिय पुरुष भने गाउँपालिकाको क्वारेन्टाइनमै रहेको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिएका छन् ।
दार्चुलामा पहिलो पटक तिन जना महिलामा समेत कोरोना संक्रमण पाइएको छ । मार्मा गाउँपालिकाका २५, ३० र २२ बर्षका महिलाहरु कोरोना संक्रमित पाइएका छन् ।
घरमा गएका र कोरोना संक्रमित पाईएकाहरु घरका सदस्यहरु संग घुलमिल भएको पाइए घरहरु सिल गरि कन्ट्याक्ट टे«स गरिने स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी कार्कीको भनाई छ । कन्ट्याक्ट टे«सीङका आधारमा अन्य ब्यक्तिहरुमा पनि कोरोना परिक्षण गरिने उहाँले बताउनुभयो । कोरोना संक्रमण पुष्टी भएका सोह्रै जनाहरुमा कोरोनाको कुनै लक्षण नभएको बताइएको छ।

स्वास्थ्य कार्यालय दार्चुलाले जारि गरेको बिज्ञप्ती हेर्नुहोस ।