दार्चुलामा १६ जना कोरोना संक्रमित भेटिए

0
1107

दार्चुला, साउन १६ गते ।

दार्चुलामा १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको ब्यास गाउँपालिकामा २ जना, मार्मा गाउँपालिकामा १३ जना र लेकम गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय दार्चुलाका तथ्याङ्क साहयक एबं सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । बाहिरबाट आएकाहरुमा संक्रमण पुष्टी भएको उहाँको भनाई छ । उनिहरु क्वारेन्टाइनमा रहेको बताइएको छ । संक्रमण पुष्टी भएकाहरुको उमेर र कुन– क्वारेन्टाइनमा छन् वा छैनन् भनि विवरण संकलन भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी कार्कीको भनाई छ । धेरै दिनपछि दार्चुलामा कोरोना संक्रमण देखिएको छ । पहिले कोरोना पुष्टी भएका २६ जना भने घर फर्किसकेका छन् । यो संगै दार्चुलामा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।