कालापानी क्षेत्रको सडक कालोपत्रे गर्न भारतले हेलिकोप्टरबाट सामग्री ढुवानी गर्दै

0
790
फाईल फोटोः गुञ्जी, पल्च्यु क्षेत्र तथा हिउँले ढाकेको कालापानी जाने सडक

 दार्चुला, फागुन २१ गते । 

भारतले तावाघाट लिपुलेक सडकलाई सुधार गरि कालापत्रे गर्ने काम तिव्ररुपमा गरिरहेको छ । कालोपत्रे गर्न मेसिन लगायतका सामग्रीहरु पिथौरागढबाट गुञ्जी सम्म चिनुक हेलिकोप्टरबाट ढुवानी भइरहेको भारतीय पत्रिकाअमर उजालाले समाचार लेखेको छ । 

भारतीय सेनाको निर्माण कम्पनी विआरओले धार्चुला लिपुलेक सडक सुधार तथा कालोपत्रेको काम तिब्ररुपमा अघि बढाएको छ । सडक कालोपत्रेमा प्रयोग हुने ठुला–ठुला मेसिनका पाटपुर्जाहरु सडकबाट ढुवानी गर्न अप्ठ्यारो भएकाले अलग अलग गरेर चिनुक हेलिकोप्टरबाट गुञ्जी सम्म ढुवानी भइरहेको छ । 


गुञ्जी भारतले अतिक्रमण गरेको नेपाली गाउँ हो । गुञ्जी गाउँ नेपालको नयाँ नक्सामा समेटिएको छ । यस गाउँमा कालापानी बाट बगेर आउने नदी र लिम्पीयाधुरा बाट बगेर आउने नदीको दोभान छ । गुञ्जीमा भारतले तीनवटै सुरक्षा निकायका मुख्य कार्यालय तथा बैंक लगायत कार्यालय राखेको छ । 

लिपुलेक सम्म सडकको ट्रयाक खोलेपछि कालोपत्रेका लागिहाल युद्धस्तरमा काम भइरहेको बताइएको छ । कालोपत्रेका लागि हटमिक्स मेसिन हेलिकोप्टर मार्फत गुञ्जीमा ढुवानी गरिएको छ भने सडक छेउमा पर्खाल लगाउने, नाली बनाउने , कर्लभट राख्ने लगायतका काम धमाधम भइरहेको छ । 


गुञ्जी देखि कालापानी सम्म ९ किलोमिटर क्षेत्रमा कालोपत्रे गर्नका लागि हेलिकोप्टर मार्फत हटमिक्स मेसिन गुञ्जी पुगाइएको हो । हाल त्यस क्षेत्रमा हिमपात जमेको भएकाले हिउँ पग्लिएपछि कालोपत्रेको काम सुरु हुने बताईएको छ ।