कानुन मन्त्री शाहको टोली छाङरु प्रस्थान

0
975

दार्चुला, साउन ९ गते ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहको टोलीले ब्यास क्षेत्रको भ्रमणका लागी छाङरु प्रस्थान गरेको छ ।
प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री शाहको टोली शुक्रबार विहान साढे सात बजेतिर नेपाली सेनाको  हेलीकोप्टरमा दार्चुला आइपुगेको हो ।
मन्त्री शाह संगै हेडक्वाटरबाट नेपाली सेनाका उपरथी प्रेम शाही र बाहिनीपति(सहायकरथी) शंकर पण्डित पनि ब्यास क्षेत्रको भ्रमणका लागी दार्चुला आएको स्रोतले जनाएको छ ।
विहान साढे सात बजे पुगेको मन्त्रीको टोली बिहान नौ बजे छाङरु प्रस्थान गरेको छ ।
टोलीले छाङरु प्रस्थान गर्नुअघि प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारीहरु लगायतको टोलीसंग छलफल गरेको थियो ।
छाङरुमा स्थापना भएको सशस्त्र प्रहरीको बिओपी तथा नेपाल प्रहरीको पोष्टको अवलोकन, घाँटिबगरको घोरेटो बाटोको अवलोकनका लागि मन्त्री शाहको टोली ब्याँस प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार ब्याँस क्षेत्रको अवस्था र सुरक्षा अवस्था लगायतका बारेमा अवलोकन गर्नुहुने छ भने नेपाली सेनाद्धारा निर्माण भइरहेको घोरेटो बाटोको पनि अवलोकन गर्नुहुनेछ ।
ब्याँस क्षेत्रको अवलोकन भ्रमण पश्चात् आजै टोली सदरमुकाम फर्किने कार्यक्रम रहेको छ । बाढी पहिरोको अवस्थाका बारेमा जानकारी लिन मन्त्रीको जिल्ला भ्रमण भएको मन्त्रालयका सचिव कृष्ण बहादुर रावतले बताउनु भयो ।