ए बर्खे झरी (कविता)

0
1711

गोबिन्द डडाल( दुनु)

ए बर्खे झरी
यो साल त तिमीले
हिउँदका घाउहरु
नपुरिदै मीठो
शीतल दिने
गानाका स्वरकम्पनहरु
बजाएर
मेरै धरतीमा
चाडै पाइला
टेकेछौ
तिम्रा ती
शीतल दिने गानाका
स्वरकम्पनहरु
सुन्दासुन्दै
खोला खाल्साहरुले
यहाँ त
घरहरु बगाइरहे
जमिनहरु बगाइरहे
मानिसहरुको ज्यान
लिइरहे
तिम्रा ती गानाका
स्वरकम्पनहरु
कस्ता रहेछन
मेरो गाउमा
नानीबाबुहरु हिड्ने
घुम्ती बाटाहरु छैनन
झोलुङ्गेपुलहरु खोलामै
पौडी खेल्दैछन
भन त
ए बर्खे झरी
कसरी जानु हो
स्कुल ? कसरी
तर्नु हो खोला ?
कसरी पुग्नु हो
कार्यालय ?
के गर्‍यौ यसो तिमीले ?