उद्योग वाणिज्य संघ अधिवेशनः  थापा प्यानलबाट १७ पदाधिकारीको उम्मेद्धवारी घोषणा  

0
476

दार्चुला, मंसिर ४ गते ।

दार्चुला उद्योग बाणिज्य संघको आठौँ अधिबेशनका लागि पुर्व अध्यक्ष सुरेश थापाको प्यानलबाट १७ पदाधिकारीले उम्मेद्धवारी घोषणा गरेका छन् । वर्तमान नेतृत्वको तीन वर्षे कार्यकाल समाप्त भएकाले आसन्न आठौँ अधिवेशनका लागि शनिबार बेलुका पत्रकार सम्मेलन गरि प्यानल सहित उम्मेदवारी घोषणा गरिएको हो ।

अध्यक्ष पदमा सुरेशसिंह थापा, बरिष्ठ उपाध्यक्षमा बिशन सिंह बोहरा, उद्योग उपाध्यक्षमा केशब बहादुर पाल, वाणिज्य उपाध्यक्षमा हरकसिंह बडाल, महासचिवमा वर्तमान सचिव शर्पराज बडुको उम्मेदवारी परेको छ भने सचिवमा दिलेन्द्र प्रसाद अवस्थी, कोषाध्यक्षमा कमल सिंह धामी, सह–कोषाध्यक्षमा भुपेन्द्रराज भट्टको उम्मेद्धवारी घोषणा गरिएको छ ।

९ सदस्य पदमा प्रेमसिंह डडाल, इन्द्र सिंह ठगुन्ना, प्रेमसिंह कार्की, कम्मानसिंह ठगुन्ना, राजेश नेपाली, दिनेश निरौला, दल्जित सिंह महता, भुवन सिंह धामी र प्रकाश सामन्तको उम्मेदवारी घोषणा गरिएको छ ।

सुरेश सिंह थापा वर्तमान नेतृत्व भन्दा अघिल्लो कार्यकाल अध्यक्ष पदको जिम्मेवारीमा सम्हालिसक्नु भएको छ । अघिल्लो कार्यकालमा महासचिव पदको जिम्मेवारी सम्हालेका विशन सिंह बोहरा बरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।

व्यापार–व्यवसायीहरुको हकहितका लागि आफूहरुले उम्मेदवारी दिएको बरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिएका बोहराले बताउनु भयो । नेतृत्व चयनमा सबै पक्षलाई समेटिएकाले सबै व्यवसायीहरुको साथ सहयोग रहने महासचिव पदका उम्मेदवार सर्पराज बडुले विश्वास व्यक्त गरेका छन् ।

कुनै दलीय विचार भन्दा माथी उठेर स्वच्छ व्यापारीहरुको समूहबाट उम्मेदवारी खडा गरिएको पदाधिकारीहरुले दावि गरेका छन् ।

वर्तमान नेतृत्वले गर्न बाँकी रहेका कार्यहरु पूरा गर्ने र भारत तथा चीनसंगको व्यापारका लागि पहल गर्न आफूहरुले उम्मेदवारी दिएकाले सहयोग गर्न सबै व्यवसायीहरुलाई अध्यक्ष पदका उम्मेदवार सुरेश थापाले आह्वान गरेका छन् ।

अर्काेतिर उद्योग वाणिज्य संघका वर्तमान उपाध्यक्ष इन्द्रदेव पन्त नेतृत्वको प्यानल बन्ने संकेत देखिएको छ । वर्तमान बरिष्ठ उपाध्यक्ष मदन बुढाथोकी, उपाधयक्ष इन्द्रदेव पन्तले यो प्यानललाई समर्थन गरेका छैनन् । बुढाथोकी पनि अध्यक्ष पदकै लागि दाबी गरिरहेका थिए । साथै पन्तले पनि अध्यक्ष पदका आकांक्षी रहेको चर्चाे छ । पन्त र बुढाथोकीले औपचारिक रुपमा भने उम्मेदवारी घोषणा गरिसकेका छैनन् । उद्योग वाणिज्य संघ दार्चुलाको आठौ अधिवेशन यही मंसिर १० देखि १२ गते हुदैछ ।